सेयर
धनुषा ।
प्रदेश २ को नामाकरण गर्ने प्रयास असफल भएको छ । मतदानका लागि पेश भएका चारवटै प्रस्ताव बहुमतले अस्विकृत भएपछि आज नामाकरण गर्ने प्रदेश सभा बैठकको प्रयास असफल भएको हो ।
चार वटा नामका लागि दिनभर भएका मतदानमा कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाई पुगेन ।
प्रदेशका सत्तारुढ दल राजपा र समाजवादीले प्रस्ताव गरेको चौथो प्रस्ताव मधेस प्रदेशको प्रस्तावमा ६० मत पर्यो ।
त्यसअघि तेस्रो प्रस्ताव मध्य मधेस प्रदेशको पक्षमा ४२ मत, त्यस्तै मिथिला–भोजपुराको पक्षमा २८ मत खसेको थियो ।
shere this