कञ्चना देउराली युवा क्लब र लियो क्लब अफ नुवाकोट परोपकारको संयुक्त योजनामा चौथौं सेभेन-ए साईड अर्चले नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बडादशैंको अवसरमा बेलकोटगढी नगरपालिका-६ देउरालीमा रहेको घेदुङ खेल मैदानमा यहि असोज २४ गतेदेखि २६ गतेसम्म नकआउट चरणमा फुटबल खेल हुने क्लबका अध्यक्ष सन्तराम मोक्तानले जानकारी दिए ।
प्रतियोगितामा सहभागिताको लागि असोज २२ गतेभित्र दर्ता गर्नुपर्ने छ । दर्ता शुल्क चार हजार रुपैंयाँ लाग्नेछ । खेलमा प्रथम हुनेले ३० हजार रुपैयाँ बराबरको खसी र द्वितिय हुनेलाई १० हजार रुपैंयाँ नगर पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रशन्न थिङ्गले जानकारी दिए । विजेताहरुले नगरराशीसहित मडेल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको बारेमा थप जानकारीको लागि प्रतियोगिता संयोजक प्रशन्न थिङ्गलाई ९८२३२२४०७२ सम्पर्क गर्न सकिने छ ।
खुला फुटबल प्रतियोगिता भएकोले देशभरका ७७ जिल्लाबाटै क्लबहरुले सहभागिता जनाउन सकिने क्लबले जनाएको छ ।
Recent Comments