सेयर
-भानुभक्त आचार्य
विरामीलाई अक्सिजन पुगेन,
त्यो पर्दैन,
अस्पतालमा बेड चाहियो,
त्यो पर्दैन,
तत्कालै भेन्टिलेटर थपौं,
त्यो पर्दैन ।
खितितिति !!!
भ्रष्टाचार छानबिन गरौं,
त्यो पर्दैन,
खोपका कमिसनखोर खोजौं,
त्यो पर्दैन,
निजी अस्पत्तालको मनोमानी रोकौं,
त्यो पर्दैन ।
खितितिति !!!
शिलान्याश भो, काम भएन
त्यो पर्दैन,
उद्घाटन भो, काम बिग्रियो,
त्यो पर्दैन,
पैसा खायो, काम गरेन,
त्यो पर्दैन ।
खितितिति !!!
नक्सा छापियो, जग्गा खोजौं,
त्यो पर्दैन,
पञ्चशीलको विदेश नीति
त्यो पर्दैन ।
घोषणापत्र कार्यान्वयन गरौं,
त्यो पर्दैन ।
खितितिति !!!
घरघरमा पाइपबाट ग्यास
त्यो पर्दैन,
नेपालको आफ्नै पानीजहाज
त्यो पर्दैन,
देशैभरि बिजुली बस
त्यो पर्दैन ।
खितितिति !!!
पशुपतिमा सुनको जलहरी नचढाउँ कि?
त्यो पर्छ ।
खितितिति !!!
shere this
Recent Comments