नेकपा (बहुमत)का सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मृत्यु प्रकरणमा पार्टीले अनुसन्धान थालेको छ । दुर्घटनाबाट मृत्यु भएका भनिएका वाग्लेको मृत्यु शंकास्पद रहेको नेकपाले जनाएको छ । घटनाको छानबिन गर्न नेकपाले समिति गठन गरेको छ । केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीको संयोकत्वमा समिति गठन गरिएको हो ।
गत माघ २१ मा बरहथवामा आयोजित मसाल जुलुसको कार्यक्रम सकेर राति मूर्तियाको जंगल हुँदै घर फर्कंदै गरेका वाग्ले बाटोमै मृत फेला परेका थिए । टाउको र खुट्टामा काटेको जस्तो चोट थियो । ल
मोटरसाइकल क्षतविक्षत अवस्थामा रहेको र वाग्लेको शारीरिक अवस्था हेर्दा मृत्यु स्वाभाविक नभएको शंका गर्ने ठाउँ रहेको पार्टीले जनाएको छ । ‘घटना हेर्दा शंका गर्ने ठाउँ छन्,’ संयोजक बुढाथोकीले भने, ‘छानबिनका क्रममा फेला परेका तथ्यहरू हामी बाहिर ल्याउँछौं ।’
प्रहरीले भने मोटरसाइकल दुर्घटनामा परेर टाउको र खुट्टामा गम्भीर चोट लागेका कारण वाग्लेको ज्यान गएको हुन सक्ने शंका गरेको छ । हरिपुर नगरपालिका–१ हजारबिगाहा पुर्ख्यौली घर भएका वाग्ले पछिल्लो समय परिवारसहित महोत्तरीको बर्दिबासमा बस्दै आएका थिए ।