रामप्रसाद ढुंगाना
नेपाललाई आफ्नो मुठ्ठीमा राख्नु पुँजीवादीहरुको उद्देश्य हो । यसमा दुई मुख्य कारण छन्ः
१) नेपालमा उदयमान शक्ति चीनलाई रोक्ने अमेरिका र भारतीय योजना
२) नेपालमा बहुमुल्य युरेनियम अमेरिकाले हात पार्नु
२०७७ सालको तत्कालीन नेकपाको सचिवालय बैठकबाट निर्णय पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन बिहान पार्टीको सचिवालय बैठकले निर्णय गरेर पारित गरेपछि राष्ट्रपतिले अन्तिममा बोल्न बाध्यकारी अवस्था सिर्जना भयो । जसका कारण लिपुलेक, लिम्पियाधुराको नक्सा साविक १८१६ को नक्सा नेपालको नक्सामा समेटिएको हो ।
सोही नक्सा स्कुल कलेजको पुस्तकमा छापिन लाग्दा प्रधानमन्त्रीको आदेशमा नछापिएको कटुसत्य हो । प्रधानमन्त्री ओलीले अबका दिनमा भारत–अमेरिका, फ्रान्स, जापानका सेना कालापानी, लिम्पियाधुरा, लिपुलेकमा राख्न तयारीमा छन् । यसमा कुनै द्धिविधा रहेन ।
नेपालमा शासक र पुँजीवाद
१) १७८९ मा फ्रान्सको क्रान्ति राजा महाराजाविरुद्ध त्यसबेलाका पुँजीपति वा पुँजीवादीहरुले राजालाई हटाई पुँजीवादी राज्यसत्ता कायम गरे । अहिले पुँजीवाद नांगो रुपमा कमजोर देशको प्रजातन्त्रको सरकारको सबै अंग आफूलाई सजिलो पार्ने गरी पैसाले खरिद गर्ने गर्दछन् । सामन्तवादलाई विस्तापित गर्दै पुँजीवाद राजा महाराजा भन्दा पनि खतरानाक भएको छ ।
२) विक्रम सम्वत १९०३ मा नेपालमा जंगबहादुर कुँवर राणाले कोतपर्व गरेर सारा भाई भारदारलाई कल्तेआम गरी शासन आफ्नो हातमा लिए । मनोपोली चलाए, राणा शासन स्थापित गरे । १०४ वर्षसम्म राज्य गरे ।
३) २००७ सालमा राजा त्रिभुवन भारत, नेपाली काँग्रेस मिलेर राणालाई हटाई शाह काँग्रेस भारतको मिलाई प्रजातन्त्रको नामबाट शासन सुरु भयो । २०१५ सालमा काँग्रेसले दुई तिहाइ सिट जित्यो । फेरि शाह र काँग्रेस आपसी टकरावबाट १७ साल पौष १ गते सबै प्रतिबन्ध लगाई शाहले शासन सुरु गरे । त्यसमा पनि बढी चलखेल देखियो । शाह शासन ३० वर्ष चल्यो ।
४) २०४६ सालमा काँग्रेस कम्युनिस्ट भारत भएर फेरि बहुदलीय प्रणाली सुरु भयो । राजा कम पावरको भए । २०५२ सालमा विद्रोह सुरु भयो । त्यसले नेपाललाई स्वतन्त्र जनताको लाई जनताले नै अधिकार खोज्ने काम भयो । २०६३ सालमा संविधान सभाबाट संविधान निर्माण गर्ने भनेर २०७३ सालमा असोज ३ गते नयाँ संविधान घोषणा भयो जुन संविधान भारतको इच्छाविपरित थियो । यसरी राजा महाराजा भन्दा पनि उछिनेर पुँजीवादले सबैअंगलाई चलाउने भयो ।
४) २०७४ सालमा एमाले र माओवादी मिलेर चुनावमा गए, १७४ सिट जिते । त्यो सरकार कम्युनिस्ट भनेर पुँजीवादीलाई लाग्यो । त्यो सरकारलाई नै हात लिएर संसद भंग गराउन लागि परे । नेपालको जनताको जनताको कोही अधिकार भएको छेदविच्छेद गर्नु र संविधानलाई निकम्मा बनाउन थियो । प्रधानमन्त्रीलाई अमेरिका र भारत मिलेर हात लिएर विघटन गराउने काम भयो । यो २०७७ साल पुष ५ गतेको घटना हो । यसले के देखाउँछ भने विदेशी मिसन नेपालमा हालसम्म सक्रिय छ ।
५) नेपालका प्रधानमन्त्री कुनै कानुन संविधान पार्टी अनुशासन समाज भन्दामाथि म नै हुँ भन्दै म नै देश हुँ भन्दछन् । आज २०७७ चैत सम्म आउँदा यतिसम्म अति राणा प्रधानमन्त्रीले पनि गरेका छैनन् होला ।