काठमाडौंः
काठमाडौंको अति व्यस्त रहने विभिन्न स्थानमा कोरोना जीवाणुको संक्रमण रोक्न किटनाशक औषधी छर्किएको छ । हिमाली खबर डटकम, जिपी कोइराला फाउन्डेसनसँगको सहकार्यमा अनमोल फ्यासिलिटि प्रा.लि ले कलंकी, कालिमाटी, माइतीघर र कोटेश्वर लगायतका क्षेत्रमा भाइरस निवारणका लागि किटनाशक औषधी छर्किएको हो ।
अभियानमा जिपी कोइराला फाउन्डेसनका सदस्य इन्द्रबहादुर लामा, हिमाली खबरका सहसम्पादक राम तामाङ , फिल्मशाला टिभीका अध्यक्ष श्रीहरी श्रेष्ठ, अधिवक्ता यम भट्टराई, अनमोल फ्यासिलिटिका अध्यक्ष जितेन्द्र देउला सहभागी थिए ।

लकडाउन सफल बनाउन ति स्थानका सडकमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी यात्रुहरु, कलंकी चोक हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई पनि किटाणु नाशक औषधि छर्किएको थियो ।
त्यस्तै सो स्थानबाट यात्रा गरिरहेका यात्रु र अत्यावश्यक सवारीका चालक र सहचालकलाई चिया र बिस्कुट पनि प्रदान गरिएको फ्यासिलिटिका अध्यक्ष जितेन्द्र देउलाले जानकारी दिए ।
कोरोनाको संक्रमणबाट जोगिन हात मात्र सफा गरेर नपुग्ने भन्दै उनले आफ्नो सवारी र दैनिक प्रयोग गर्ने अन्य साधन पनि सफा राख्नु आवश्यक रहेको बताए । आगामी दिनमा अन्य स्थानमा पनि यस्तै सहयोग जारी राखिने जनाइएको छ ।










































