इच्छुक सांस्कृतिक प्रतिष्ठानबाट यसवर्ष साहित्य र कला क्षेत्रमा कृयाशील तीन जना स्रष्टा पुरस्कृत हुने भएका छन् । यस वर्ष ‘इच्छुक स्मृति पुरस्कार २०७७’ बाट वामपन्थी कवि तथा साहित्यकार बलराम तिमिल्सिना पुरस्कृत हुनुहुने भएको छ ।
यस्तै ‘इच्छुक प्रतिभा पुरस्कार २०७७’बाट प्युठान, गोठीबाङ निवासी कवि सीता विक (सम्झना) पुरस्कृत हुनुहुने भएको छ । कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०७७’बाट सामना परिवारका कलाकार रमण थामी पुरस्कृत हुनुहुने भएको छ ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष मार्क्सवादी साहित्य, कला, संस्कृति र सौन्दर्यचिन्तनका क्षेत्रमा कृयाशील र स्थापित साहित्यकार, कलाकर्मी तथा संस्कृतिकर्मीहरू एवम् सो क्षेत्रका नवप्रतिभाहरूलाई पुरस्कृत गर्दै आएको छ ।
इच्छुक स्मृति पुरस्कारको राशि रु एक लाख नगद र प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कारको राशि जनही पच्चिस हजार र प्रमाणपत्र रहेको छ । आगामी जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा पुरस्कार तथा सम्मानपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।