प्रतिनिधि सभाको विशेष अधिवेसनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत माग्दै विधिवत प्रस्ताव राखेका छन् । प्रस्तावमाथि उठेका प्रश्नको अहिले प्रधानमन्त्रीले जवाफ दिइरहेका छन् ।
प्रधानमन्त्रीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि सदनमा प्रधानमन्त्रीले विस्वासको मत मागेका हुन् । प्रस्तावमाथिको छलफलमा भाग लिँदै कसले के भनेः
प्रधानमन्त्री केपी शर्मा ओलीः
सरकारले ध्यान कोभिड विरुद्ध केन्द्रित गर्न चाह्यो तर सरकारले अनेक अफ्ठ्यारा झेल्नुपर्यो ।
आजको परिस्थिति आउनुमा को जिम्मेवार ? देश र जनताको काम गर्न उहाँलाई कसले रोक्यो । आफू कार्यकारी हुने अनि अरुमाथि दोष थोपर्ने ?
केपी शर्मा ओलीको सरकार पूर्ण रुपमा असफल भएको छ । मानिस दुनियाँबाट भाग्न सक्छ आफैँबाट सक्दैन । एकपटक छाँतीमा हात राखेर सोच्नुस् । तीन वर्षमा यो अवस्था तपाईंको दम्भका कारणले आएको होईन ?
कोभिड संक्रमणको जोखिम उच्च भएका बेला प्रधानमन्त्री धरहरा उद्घाटन गर्न जानुभयो । यो गैरजिम्मेवारी हो ।
जनताको जीवनरक्षा गर्ने कोभिड खोपमा भ्रष्टाचार गर्नुले यो सरकारको चरित्र उदाङ्गो भएको छ ।
हुकुमी शासनको शैलीमा सरकार चलाउने काम भयो ।
जनताले बहुमत दिएर पठाएको तीन वर्षमा विस्वासको मत माग्नुपर्ने अवस्था कसरी आयो ?
यो अवस्था तपाईले सिर्जना गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?
सरकारले सर्वसत्तावाद र अधिनायकवाद लागु गरेका कारण जनता कष्टमा छन् । सरकार जनताको अभिभावक बन्न सकेको छैन ।
तपाईँले चुनावमा गरेका बाचा र पछि पटक पटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डः
प्रधानमन्त्रीजीले विस्वासको मतका लागि आग्रह गर्नुभयो सदनका अगाडि । उहाँलाई यो कुरा राम्रोसँग थाहा छ यो सदनले उहाँलाई विस्वास दिँदैन ।
मैले हिजो नै भनेको थिएँ, इनफ इज इनफ ।
संविधान नराम्रोसँग चिथोरिएको संविधानलाई पनि कोरोना लागेजस्तो आइसियुमा राखेको जस्तो अवस्थाबाट हामी गुज्रिनुपरेको छ।
तपाईंले बेला बेला प्रचण्ड हो राष्ट्रिय समस्या भन्नुभयो । म हो राष्ट्रिय समस्या कि तपाईं हो राष्ट्रिय समस्या ? मैले तपाईंलाई प्रधानमन्त्री प्रस्ताव गर्ने म मा राष्ट्रिय समस्या भएर हो ?
विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?
विश्वासको मत माग्ने होइन, राजीनामा दिनुस् ।
मनमा एउटा मुखमा एउटा अनुहारमा एउटा गर्न सक्ने मान्छे चाहिँ तपाईं हो के प्रधानमन्त्री ज्यु ?
हिजो हामीले गरेका सहमति तोड्ने म हो र प्रधानमन्त्री ज्यू ? आलोपालो सरकार सञ्चालका कुरा कसले तोडेको ?
यो कस्तो मनोदशा तपाईमा भएका कुरा पनि भयो भन्ने नभएका कुरा पनि भयो भन्ने ?
प्रधानमन्त्री जस्तो मान्छे अनुशासनमा नबस्ने ?
तपाईं ज्यान जाला कुर्चीचाहिँ छोड्नुहुन्न भन्नेमा दृढ हुनुहुँदो रहेछ । आजकाल अलिकति तपाईंको कुरा मैले पनि सिक्नुपर्ने रहेछ भन्ने लागेको छ ।
नियमित अधिवेशन बोलाएर त्यसमै विश्वासको मत लिए हुन्त्यो तपाईंले यो सब छल्न यो अधिवेशन बोलाएको त होइन ?
प्रधानमन्त्रीमाथि प्रचण्डको आशंका सदनलाई फेरि विघटन गर्न र मध्यावधिमा जान आउनु भएको त होइन ?’
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवः
इन्कम्प्लिट आयोजनाको उद्घाटन र योजना, बजेट बिनाको शिलन्यासलाई विकास भनिँदैन प्रधानमन्त्री ज्यू ।
यहाँले राख्नुभएको बिश्वासको मतलाई सम्मान गर्न सक्दैनौँ, हामी विस्वासको मत दिँदैनौँ ।
सेटिङबाट चल्ने शासन प्रणाली लोकतान्त्रिक शासन प्रणाली हुँदैन ।
प्रधानमन्त्रीले भन्नुभएको थियो सुखी नेपालीः समृद्ध नेपाल तर दरिद्र नेपाल दुःखी नेपाली भएको छ । यस्तोमा विस्वासको मत कसरी दिने ?
कमिसन नपाएका कारणले कुरा नमिलेका कारणले भ्याक्सिन समेत आएको छैन । यस्तो सरकारलाई जनताले के आधारमा विस्वास गर्ने ?
आज प्रधानमन्त्रीको त्यो संसदमा विस्वासको मत माग्नुभएको छ जसलाँई अवैधानिक तरिकाले उहाँले विघटन गर्नुभएको छ । जुन संसदमाथि यहाँको खुद विस्वास छैन त्यही संसदमा कसरी विस्वासको मत माग्नुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरः
हामी पक्षमा पनि छैनौ, विपक्षमा पनि छैनौँ ।
यो संविधान हाम्रै प्रतिनिधिले बनाएको हो, यो संविधान हाम्रो पनि हो भन्ने अवस्था अझै आएन ।