चितवन ।
कतै ओली प्रचण्ड एकै रिमोटबाट चल्ने दुई च्यानल त होइनन् भन्ने प्रश्न पुराना वामपन्थी नेताले उठाएका छन् छ । ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध आज भएको आमहड्तालमा सहभागी हुने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताको एमसीसीविरोधी नारा रोक्न निर्देशन गरेको भिडियो सामाजिक सञ्जालमा देखेपछि जुगेडी किसान विद्रोहदेखि पुर्तिघाट संघर्षका एक कमान्डर एवं नेकपाका पुराना नेता फणिन्द्र आचार्यले प्रचण्डको विषयमा प्रश्न उठाउनुभएको हो ।
रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठनको नेतृत्वमा भएको विद्रोहको नेतृत्व गर्ने नेता हुनुन्थ्यो आचार्य । वामपन्थी आन्दोलनमा अनलको उपनामले परिचित आचार्यले भन्नुभएको छ,
उनलाइ के थाहा ? म प्रचण्डको आलोचनात्मक समर्थक थिएँ भनेर । तर, उनी आज कार्यकर्ताले MCC खारेजीको नारा लगाउँदा मुन्टो निहुराएर पम्फा भुषालसँग कानेखुसी गरे । अनि भने “प्रतिगमन – मुर्दावाद ! सोही नारा कार्यकर्ताले लगाए र तुरुन्तै MCC खारेजको नारा अरु जोडसँग लगाए कार्यकर्ताले । शीर झुकेका, खुट्टा लुलिएका प्रचण्ड ! पम्फासँग बिदा लिएर किन लुरुलुरु हिँडे ? के ओली र प्रचण्ड एउटै रिमोटबाट चल्ने दुई च्यानल हुन ? कस्ले देला मेरो यो प्रश्नको जवाफ ? चित्तबुझ्दो जवाफको प्रतीक्षामा म ।