-टंक जोशी
नक्सा तिम्रो पनि छ
नक्सा हाम्रो पनि छ
तिम्रो ठूलो नक्सा
हाम्रो सानो नक्सा
फरक नक्सा को आकार मा हो।
नक्साको स्वाभिमान उस्तै उस्तै !
अर्बौं मानिस छन् तिम्रो देशको नक्सामा
करोडौं मानिस छन हाम्रो देशको नक्सामा
फरक देश र संख्या मात्रै हो
मानिसको स्वाभिमान उस्तै उस्तै !
तिम्रो र हाम्रो खाना उस्तै
शरीर ढाक्ने नाना उस्तै !
फरक खाना को परिकार मा हो
नाना को डिजाइनमा हो ।
पेट भर्ने र शरिर ढाक्ने उदेश्य उस्तै !
तिमी पनि मान्छे जस्तै
हामी पनि मान्छे जस्तै
हेर दुनियाँ सबै मान्छे मान्छे जस्तै
फरक वर्ण र आकृतिमा हो
स्वाभिमानप्रती आस्था उस्तै !
तिम्रो खुट्टाले कुल्चेको हाम्रो स्वाभिमान,
मुटु भत्भती पोल्छ !
हाम्रो खुट्टाले कुल्चेको तिम्रो स्वाभिमान
मुटु भत्भती पोल्छ !
फरक तिम्रो र हाम्रो खुट्टा हुन्
स्वाभिमान र मुटु उस्तै उस्तै !
तिमिलाइ तिम्रो पुर्खाको रगत प्यारो
गान्धी, भगत सिंह, अनि शुभाषचन्द्र प्यारो
हामिलाइ हाम्रो पुर्खाको रगत प्यारो !
भिमसेन, भिमदत्त अनि गङ्गालाल प्यारो!
फरक तिम्रो र हाम्रो पुर्खा हो
नक्सा कोर्ने रगत उस्तै !
कति गर्छौ घमण्ड
तिम्रो नक्सा अनि स्वाभिमानको
तिम्रो देशको अभाव उस्तै
हाम्रो देश को अभाव उस्तै
देश फरक तर
आस्था, मुटु अनि भाव उस्तै !
तिम्रो बलिदान को कदर हामी गर्छौ
हाम्रो बलिदाको कदर तिमीले गर्नुपर्छ।
एक हात ले ताली बज्दैन महासय
तिम्रो अतिक्रमित मुकुन्डो उतार्नुपर्छ।
तिम्रो आडम्बरी हस्तक्षेप रोक्नुपर्छ।
नालापानी हामिले दिएका हौ
कालापानीबाट तिमी हट्नु पर्छ।
खबरदार !
अतिक्रमित नक्सा स्विकार्य छैन !
हेपिएको स्वाभिमान अस्वीकार्य छ।
इतिहास पल्टाएर हेर
कहिले नझुकेको सगरमाथा जस्तै
जिबित छ हाम्रो स्वाभिमान
लाछि छैन हाम्रो जिवन
बहादुरी ले भरिएको
मृत्यु स्विकार्ने तर स्वाभिमान नडग्मगाउने!