सेयर
नेपाल निजामती कर्मचारी युनियन नुवाकोटको अध्यक्षमा पुन निलम कुमार भुसाल चयन हुनुभएको छ । बुधबार बिदुरमा भएको ८ औँ अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा टेकबहादुर अधिकारी, दुर्गादेवी अधिकारी, महेन्द्रकुमार श्रेष्ठ सचिवमा वासुदेब श्रेष्ठ, सहसचिवमा रामकुमार राई र कोषाध्यक्षमा राजु श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा वीरबहादुर तामाङ, बैकुन्ठ अधिकारी, गोपाल श्रेष्ठ, पुजा खतिवडा, सुरेस सिटौला, बिष्णुप्रसाद खनाल, बिरोचन खनाल र निशा डंगोल चयन हुनुभएको छ ।
shere this