सेयर
नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले शनिबार राष्ट्रघाती एमसीसी सम्झौताको कागज जलाएर विरोध गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको पूर्वनिर्धारित विरोध कार्यक्रम अन्तर्गत शनिबार भक्तपुरको नयाँ ठिमीचोकमा एम सिसि सम्झौता जलायको हो ।
अमेरिकाले एमसीसी परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरू राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजीको माग गर्दै सम्झौता कागज जलाएर विरोध गरेको हो ।
shere this