लङ सिनछुङ (एजेन्सी)
पछिल्ला केही दिनमा भारतले अबैध रुपमा गलवान घाँटी क्षेत्र पार गरि चिनियाँ सिमाना क्षेत्रमा सुरक्षा सुबिधा निर्माण गरेको छ । जवाफमा चिनियाँ सुरक्षा फौज प्रतिकारमा उत्रिनुको विकल्प छैन् । जसले भारत र चीनबीच द्धन्द र विवाद बढाएको छ ।
सिमाक्षेत्रमा दुवै पक्षले चिन्ने कुनै निश्चित सिमारेखा भने छैन । सिमाक्षेत्रमा गरिएको पुर्वाधार विकासको कारण दुवै देशले गस्ती बढाएका छन् । जसले सिमामा दुवैपक्षबीच अवरोध बढेको हो ।
यद्यपी फ्रन्टलाईनमा काम गरिरहेका अधिकारीहरुबीच प्रत्यक्ष र सञ्चारमाध्यमबाट सहज संवाद भइरहेको थियो । केही घटनाहरु सञ्चारमाध्यमद्धारा बाहिर ल्याइएको थियो । जसले सर्वसाधारणको ध्यान तान्यो ।
चीनसँगको अहिलेको सिमा विवाद आकस्मिक घटना होईन, बरु नयाँ दिल्लीको योजनाबद्ध चाल हो । गल्वान उपत्यका क्षेत्र चीनको भूभाग हो भन्नेमा भारत जानकार नै छ । तर सञ्चारमाध्यमका अनुसार मे महिनाको सुरुवात देखि नै भारतले गलवान क्षेत्रको सिमा पार गरेर चिनियाँ भूमिमा प्रवेश गरिसकेको छ । भारतीय लडाकुहरु र चिनियाँ लडाकुबीच विवाद र युद्ध पनि भइसकेको छ । यदि अहिले भारतले यी गतिबिधिलाई रोक्न सकेन भने नयाँ दिल्ली र बेइजिङ सम्बन्धमा असर पर्नेछ । यो दोक्लाम स्यान्डअफभन्दा पनि तिव्रतर हुन सक्छ ।
सन् २०१७ मा दोक्लाममा भएको अवरोधले चीन भारतबीचको द्धिपक्षीय सम्बन्ध बिगा¥यो । यद्यपी दुई देशका सरकारको प्रयासलाई धन्यवाद कि सन् २०१८ को अप्रिलमा र सन् २०१९ को अक्टोबरमा दुई देशका प्रमुखबीच भएको अनौपचारिक बैठकहरुबाट दुई देशबीचको रणनैतिक विश्वास पुनःस्थापना भयो । यो परिणाम त्यति सजिलै आएको होईन त्यसैले यसको दुवै देशले कदर गर्नुपर्छ ।
केही भारतीयहरु चीनको कमजोर अर्थव्यवस्था र पश्चिमी देशले चीनलाई गर्ने दोषारोपण गर्ने खेलका कारण उनीहरुलाई ठुलो अवसर मिल्नेछ भन्ने ठान्दछन् । यो कोरोना महामारीको बीचमा सिमा समस्या उनीहरुका लागि फाइदाजनक हुनेछ । यसले भारत सरकार र सेनाको सर्कलको दृष्टिकोण के छ भन्ने झल्काउँछ । यद्यपी यो साटफेरको खेल अन्तरराष्ट्रिय मान्यता र चिनियाँ राष्ट्रिय अवस्थाको गलत निर्णयमा आधारित छ । यो त्रुटिपूर्ण तर्क हो र भारतका लागि हानिकारक छ ।
चीन कोरोना भाईरसको महामारी प्रभावकारी रुपमा नियन्त्रण गर्ने पहिलो राष्ट्र हो । चिनियाँ व्यापार र मानिसहरुको जीवनशैली सामान्य अवस्थामा फर्किसकेको छ । यसले चिनियाँ सरकारको कडा नेतृत्व र दृढ सामाजिक एकजुटता प्रदर्शन गर्दछ ।
यसैबीच भारतमा अहिले कोरोना भाइरसबाट संक्रमितको संख्या चीनमा भन्दा बढी पुगिसकेको छ र संक्रमण बिन्दु आउन बाँकी नै छ ।
अहिले भारतले सिमा विवाद चर्काउनुको सट्टा कोरोना महामारीको रोकथाम र अहिलेको अर्थव्यवस्थालाई चलायमान गराउनु आवश्यक छ । मिडिया रिपोर्टहरुमा चीनले अहिले विश्वव्यापी एक्लोपनाको सामना गरिरहेको उल्लेख गरिएको छ । जुन रिपोर्टले अमेरिकी हितको प्रतिनिधित्व गर्छ । अहिलेको अन्तरराष्ट्रिय अवस्था चिनको फाईदाका लागि भारतको पक्षमा कदापी छैन । भारत र अन्य देशका केही मानिस यो विस्वास गर्छन कि अन्तरराष्ट्रिय समुदाय र अमेरिका बराबरी जस्तै छन् । र, जुन देशको अमेरिकासँग विवाद त्यो देश एक्लो छ ।
कतिपय सिमित भारतीय सञ्चारमाध्यम र सामाजिक संगठनहरुले ट्रम्प प्रशासनको विचार प्रतिध्वनि गरे, भारत सरकारले अमेरिकाको तोपको खरानी जसरी प्रयोग नुहन कडा कदम चाल्नुपर्छ । १८ र १९ मे मा भएको विश्व स्वास्थ्य सभामा यो देखाइयो कि अन्तरराष्ट्रिय समुदायले अलग गरेको चीन होईन बरु अमेरिका हो ।
चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण भएपनि चीनका लागि अन्तरराष्ट्रिय सम्बन्धको वातावरण सन् १९६२ को भन्दा राम्रो छ जब भारतले चीनसँग सिमायुद्ध सुरु ग¥यो र नराम्रो सँग चीनले हराइदिएको थियो । १९६२ मा चीन र भारतको शक्ति तुलनायोग्य थियो । अहिले त्यसको विपरित चीनको जिडिपि भारतको भन्दा पाँच गुणाले बढी छ ।
सामान्यतया अमेरिकी सहयोगीहरुले चीनको रणनीतिक अपरेसनको अनुसरण गरेका छैनन् । यहाँसम्म कि अमेरिकाको समर्थन गर्ने भारतीयले पनि ट्रम्प प्रशासनमाथि भरोषा गर्दैनन् जसले वास्तवमै भारतलाई पछाडी फर्काउन अमेरिका फस्र्ट नीतिको वकालत गर्छन् । ट्रम्प प्रशासनले भारत चीनबीचको विवाद चर्काएर लाभ लिनका लागि चिनविरुद्ध भारतलाई उक्साइरहेको छ ।
चीनमाथी जति बाह्य राष्ट्रको दबाब पर्छ उ त्यती नै बलियो र एकजुट भए अगाडी आउँछ । आशा गरौं कि भारतले पनि चीनविरुद्धको सोच विचारलाई सुधार्नेछ । प्राचिन सम्भताका रुपमा पनि भारतले पक्षपाती अमेरिकी नजरबाट चीनलाई नहेरी बच्नु नै बुद्धिमानी हुन्छ ।
वास्तविक चीनलाई बुझ्नु र त्यसैका आधारमा सही र रणनैतिक निर्णय लिनु नै भारतको लागि फलदायी हुन्छ ।
लेखक Academy of Regional and Global Governance, Beijing Foreign Studies University का बरिष्ठ अनुसन्धानकर्मी हुन् । उनी Chengdu Institute of World Affairs का अध्यक्ष पनि हुन् ।