लामाे समयदेखि बन्दी जीवन बिताइरहेका जनवादी गायक तथा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका नेता माइला लामा जेलमुक्त हुनुभएको छ। सरकारले विद्रोही गतिबिधि गरेको भन्दै पार्टी प्रतिबन्ध लगाएपछि विभिन्न बहानामा माइला लामा लगायतका नेताहरु पक्राउ गरेको थियो ।
पार्टी केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका ब्युरो इन्चार्ज रहेका लामालाई २०७६ साल साउन ४ गते काठमाडौँको काँडाघारीबाट बम बिष्फोटको मुद्धामा हिरासतमा राखिएको थियो । बिचमा अदालतले रिहाको आदेश गरेपनि फरक फरक मुद्धा लगाइ फरक फरक जिल्ला पुर्याइएका लामा अहिले २५ हजार धरौटी बुझाई संखुवासभा अदलतबाट रिहा भएका हुनुभएको हो ।
तत्कालीन माओवादी र एमाले मिलि बनेकाे नेकपा विभाजन हुन पुगेपछि गत फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ बुँदे सम्झौता गरि नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो । सरकारसँगको सम्झौतामा बन्दी रहेका नेता तथा कार्यकर्तालाई निशर्त रिहा गरिने सहमती भएपनि लामा छुट्नुभएको थिएन ।
बिहिबार जिल्ला अदालत संखुवासभामा धरौटीबापतको २५ हजार बुझाएपछि साँझ ५ बजे लामा छुट्नुभएको हो ।