सेयर
काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली सुदर्शन र वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल आहुती बिच आज काठमाडौँमा भेटवार्ता भएको छ ।
नेकपा निकट स्रोतका अनुसार दुई नेताहरु बिचमा समसामयिक राजनीति र नेपाली कम्युनिस्ट आन्दोलनको आगामी कार्यभारका बारेमा छलफल भएको हो ।
दुवै दल आबद्ध रहेको रणनीतिक संयुक्त मोर्चा र वैज्ञानिक समाजवादको नारामा निकटता रहेपनि कार्यनीति र संगठनमा भने भिन्नता रहेको छ ।
वामपन्थी वृतमा बौद्धिक नेतृत्वको रुपमा स्थापित दुई अलग अलग राजनीतिक दलका नेता बिचको यो राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
shere this