काठमाडौं ।
कोरोना संक्रमितको संख्या करिब ५ सय पुग्नै लाग्दा नेपालमा निको भएर घर फर्किनेको संख्या ७० पुगेको छ ।
नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन्। उनीहरु केही बेरमा घर जाँदैछन् । ४९ जना संक्रमित निको भइसकेका छन् ।
आज एकैदिन थप ३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ।
संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना छन् ।
मृतकको संख्या तीन पुगेको छ । हिजो गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गुल्मी मदाने गाउँपालिका-६ का ती संक्रमित जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए। सुरूमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि अस्पतालकै भेन्टिलेटरमा राखिएको थियो ।
यसअघि बाँकेको नरैनापुरमा क्वारेन्टाईनमा बसेका २५ बर्षिया युवा र काभ्रेकी २९ बर्षिया सुत्केरी महिलाको मृत्यु भएको थियो ।