-जानुका नेपाल
एकैछिन सोच
हिजोलाई फर्केर हेर,
आज त सबै कुरा बिर्सिन सकिन्छ
त्यसैले,
भोलीलाई पनि पर्खेर हेर ।।
मेहेनतको फल खाने आशामा
खोरिया खन्ने ती मजदुरहरु
धिक्कार्दै आफैलाई
हिजोका भूल सम्झि रुँदैछन् धुरु धुरु
धर्तिको आँगनीमा
संसार देख्ने ती मजदुरहरुलाई
सक्छौ भने कैदी बनाएर देखाउ
त्यही अबोध आत्मालाई
आशुँको दहमा चिस्याउँदै
विन्दास तिम्रो जीन्दगी
खुसीको न्यानोले सेकाउ ।।
अरु त के भनौं र
शुभकामना छ तिमिलाई
यसैगरी तिम्रो संसार टिकाउ
अनिदो आखाँ, भोको पेट, खाली खुट्टा
टुक्रिएर छिया छिया भएको मन
साहस बटुल्दै
निरन्तर अगाडि बढ्दैछन् ।।
यी पीडाभित्र छेकिदैँन
आफ्नो अमुल्य जीवन
धायरोको बोटलाई
बासना छर्ने धुपि भन्दै
भ्रमको खेती गरिदैँछ ।
त्यसैको परिणाम,
सोझो र बांगो नचिन्नाले
जिउँदै भएपनि
पल पल मरिँदैछ
त्यसैले,
बेइमान भन्दा इमान नै स्विकार्य छ हामीलाई ।।
दश नंग्रा खियाउँदै,
चिथोर्दै पाखा र पहराहरु
त्यही पसिना बगाउँछौँ
बाँच्न देउ,
आफैँ उब्जनीयोग्य बनाउँछौं
सिँच्न देउ गह्राहरु
उब्जनी योग्य बनाउँछौं ।।
बुढी आमा चोली तुना कस्दै
हतारमा बाटो नियाल्दैछिन् ।
मेरी उनी सम्झनामा खुशी बाँड्दै
काखमा बच्चा स्याहार्दै छिन् ।
बुढा बाबा आखाँ मिच्दै
आँगनीमा टोलाईरहेछन्
साईला माईला गाउँघरका
स्वाभिमानमै रमाउँला
फर्क भनि बोलाईरहेछन् ।
उकाली ओराली भन्ज्याङ चौतारी
कता गयो हर्के दाई खोजीरहेछ
तर विडम्बना,
बाध्यता विवश छु म आज
मेरै देशमा छु भनी गर्व गर्न पाउँदिन
तन मन रोईरहेछ ।।
आमा,
आशुँ पुछ्न आउँछु कि आउँदिन
साईला माईलालाई भेट्न पाउँछु कि पाउँदिन
मेरी उनीसँग साथमा बस्न पाउला नपाउँला
उकाली ओराली देउराली चौतारी बिर्सिएको छैन
ठुला बडाले निमुखा मजदुर नचिने पनि
मैले देश,
म जन्मेको धर्ति बिर्सेको छैन् ।।
यही खुसीको माहोलबाट
तिमीले हिजोलाई फर्केर हेर
भोली आउन बाँकी नै छ
पर्खेर हेर
शुभकामना छ तिमिलाई
यसैगरी तिम्रो राज टिकाउँदै गर ।।