
प्रदीप नेपाल
नुवाकोट ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाले किसानहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषक समूह, कृषि सहकारी र कृषि फार्महरुलाई नगरपालिकाका मेयर जगत लामाले आज किसानलाई १७० थान ट्याक्टर वितरण गर्नुभएको हो ।
नगरपालिकाको कार्यालयमा भएको ट्याक्टर वितरण कार्यक्रममा मेयर जगत लामा तथा उपमेयर शिव दाहालले उपस्थित किसानलाई खेतीका लागि सहयोग होस् भन्ने हेतुले अनुदानका ट्याक्टर वितरण गरेको बताउनुभयो ।

५०५ अनुदानमा ट्याक्टर वितरण गरिएको र ट्याक्टर दुई किसिमको रहेकोले पैसा पनि फरकफरक रहेको नगरपालिकाका कृषि शाखा प्रमुख दामोदर दाहालले जानकारी दिनुभयो । नगरपालिकाले ट्याक्टरको १५ हजार ७ सय ६६ र १६ हजार ७ सय ६० रहेको जनाएको छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत दिपक खतिवडाले नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत कृषकलाई सहुलियत मूल्यमा ट्याक्टर वितरण गरिएको जानकारी बताउनुभयो ।









































