सेयर
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मंगलबार अर्थ मन्त्रालयमा राजीनामा बुझाउनुभएको हो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत ६० लाख साधारण सेयर निष्कासनको तयारी भइरहेका बेला उहाँले आफ्नी श्रीमतीसहित पारिवारिक सदस्यको नाममा सेयर पारेको विषयले विवादमा पर्नुभएको थियो ।
साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित्ता हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएपछि यसले अर्थ बजारमा हंगामा पिटेको थियो ।
यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको थियो । अन्ततः मंगलबार उनले पदबाट राजीनामा दिनुभयो ।
shere this









































