सेयर
काठमाडौं ।
ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथी कुटपिट भएको छ । आज दिउँसो उनीमाथी कार्यालयकै सहकर्मीले कुटेका हुन् । समाचारको बिषयमा विवाद हुँदा प्रस्तोता सुसन रामदामले गृष्माामाथी हातपात गरेका हुन् ।
कुटपिटबाट गृष्मा घाइते भएकी छन् । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईले जानकारी दिए । घटनापछि सुसनलाई प्रहरी बोलाएर आवश्यक कारबाहीका लागि पठाएको हुमागाईले बताए।
गृष्माले काम गर्न लगाएको विषयलाई लिएर आफूमाथी कुर्सी प्रहार भएको बताएकी छन्।
shere this