सेयर
एमसिसी खारेजीको माग गर्दै आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र सम्बद्द विभिन्न संगठनले बानेश्वरमा एमसिसी खारेजीको माग राख्दै प्रदर्शन गरेका छन् । यस्तै नारायण शर्मा संयोजकत्वको एमसीसी खारेजी अभियानले पनि संसद भवन घेराउ गरेको छ ।
प्रदर्शनका कारण अहिले बानेश्वर क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। संसदमा टेबल भइसकेको एमसीसी पारित गर्न आज संसद बैठक बस्ने भनिएपनि आइतबार सम्म स्थगित भएको छ । संसद बैठक स्थगित भएपनि एमसीसी विरुद्धका प्रदर्शन रोकिएका छैनन् ।
तस्बिरः फाइल
shere this