सेयर
काठमाडौं ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय अतिक्रमणको विरोध स्वरुप तीन साँझ बत्ति नभाउन अपिल गरेको छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले एक आह्वान जारी गर्दै देश भित्र र बाहिर रहेका सबै नेपालीलाई भारतीय अतिक्रमणको विरोधमा बत्ति निभाउन अपिल गरेका हुन् ।
मोर्चाले यही जेठ ४ गते आईतबारदेखि ६ गते मंगलबार तीन साँझ बत्ति निभाउन अपिल गरेको छ । साँझ ८ बजेदेखि ५ मिनेट जाँदा सम्म बत्ति निभाएर ब्ल्याक आउट गर्न अपिलमा भनिएको छ ।
मोर्चाले भारतले नेपाली भूमिमा सेना, राखेको, निरन्तर भूमि अतिक्रमण गरेको र नक्का नै सार्वजनिक गरेको विरुद्धमा एक हुन अपिल गरेको छ ।
shere this
Recent Comments