काठमाडौं ।
पर्साको विरगञ्ज उपमहानगरपालिकाले भोलिबाट लागु हुनेगरी महानगरमा निषेधाज्ञा जारी गरेको छ । कोरोनाका कारण वीरगन्ज महानगरपालिकाको माईस्थान र रानीघाटमा दुई जनाको मृत्यु भएपछि महानगरमा निषेधाज्ञा जारी गरिएको हो । मृतक दुवै घरमा नै बस्ने गरेको र उनीहरुको मृत्यु भएकाले महानगरले कोरोना समुदायमा फैलिएको आँकलन गरेको छ । मृतक एकजना ७० वर्षका र अर्का ८५ बर्षका हुन् ।
राजनीतिक दलका प्रमुख, नगर प्रमुख, सुरक्षा अंगका प्रमुखहरुको सर्वदलीय बैठकले भोली बिहान ५ बजेबाट निषेधाज्ञा लगाउने निर्णय गरेको हो। संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम अर्को आदेश नभएसम्म अनिश्चित कालका लागि वीरगन्ज महानगरपालिका क्षेत्रमा निशेधाज्ञा लगाउने निर्णय भएको महानगरले जनाएको छ ।
निषेधाज्ञाको समयमा परीक्षणको दायरा बढाउने, क्वारेन्टाइनलाई थप परिस्कृत गर्ने, कोभिड अस्पतालको क्षमता बढाउने, पीसीआर किट लगायत आवश्यक सामग्री, एम्बुलेन्स नत्र चालककोको व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने, लगायतका निर्णय भएका छन्।
अति आवश्यकीय काम शान्ति सुरक्षा, स्वास्थ्य, दुध, विद्युत, खानेपानी, फोहोर मैला व्यवस्थापन, ड्राइपोर्ट, भंसार, इन्धन, बैंक र औषधी एम्बुलेन्स जस्ता सेवाबाहेक अन्य बन्द रहनेछन् ।