-कुशल लामा तितुङ
आदरणीय मेरो हितैको प्यारो दाजु कमरेड उर्गेन पाटीको योजना सफल पार्नको लागि गोरखा देखि चितवनको यात्रामा उहाँहरुको फोर्ससंग हामी केही टुकडी छुट्टिदै थियौं। उहाँको सेक्सनमा हुनाकै कारणले हामी भावनामा बगिएर छुट्टिदै थियौं । छुट्टिदै गर्दा मैले दाइसंग अनुरोध गरें, म नि जान्छु । दाईले सम्झाउदै भन्नू भयो, ओइ लोंदे हामी १/२ हप्तामा भेटिहाल्छौं । यता बस्ने टोलि तपाईहरुको ट्रेनीङ योजना पार्टीले बनाएको छ भाइ बस । भन्दै काँधमा धाप मार्दै दाईले बिदाईको धारिलो हात मिलाउन अनुरोध गर्नु भयो । मैले दाईसंगै जान नपाएको मन अमिलो पारेर ‘हस हुन्छ दाइ’ भनी खुट्टा बजाएर रातो अभिबादन गरे।अनि गाउँले दिदी क. सुचनाले पनि सम्झाउनु भयो। ‘हस हुन्छ दिदी पार्टीको योजना पूरा गरेर आउनुु’ भनी दिदीसँग पनि बिदाइको हात मिलाएँ।
यसरी हात मिलाएर हामी छुट्टीएको टिम भोलि बिहानदेखि ३५/४० जनाको टोलि गोरखा जिल्लाको चिसापानी डाँडामा पार्टीकै योजना मुताविक आधारभुत सैन्य ट्रेनिङ सुरु भयो ।छुट्टिएको दिनदेखि हामी भौगोलिक दृस्टीले फरक ठाउँमा रहेपनि उहाँहरुसँग निरन्तर सम्पर्क भैरहेको थियो । हामीसंगै हाम्रो सञ्चारको बेस सहितको टिम थियो। २४ सै घण्टा उहाँहरुको खबर हामिमाझ सम्प्रेषण भैरहेको थियो ।
हामी ट्रेनिङकै दौरानमा क्रालिङ गर्दै थियौ । अचानक फाइरिङ्गको आवाजहरु चितवन दारेचोक डाँडादेखि चिसापानी डाँडामा ठोक्किन आयो। हामिलाई खबर आयो कि तत्कालीन शाही नेपाली सेनाको रेन्जर बटालियनसँग दारेचोकडाँडामा हाम्रो जनमुक्ति सेनाको भिषण लडाइँ भयो।
बिहान करिब ८/९ बजेको थियो होला हाम्रो ब्रेक समय नास्ता खाने बेला भएको थियो । नास्ता खाएर हामिलाई ट्रेनिङ गुरुले रोलकल गर्नुभयो अब हामी पनि अलि सजक हुनुपर्छ लगायत उताको खबरहरु पनि सम्प्रेषण गर्ने काम भयो। ट्रेनिङ कमान्डर पनि सञ्चार टिम भएको बेस क्याम्पतिर जानुभयो । अचानक हाम्रो ट्रेनिङ ग्राउन्डमाथी दुश्मनको जासुसी विमान घुम्न थाले । २० मिटरको दुरिबाट कासन गर्नुहुँदै कभर कभर भन्नू भयो प्रमुख ट्रेनर गुरुले ।उहाँ पश्चिम्को कमान्डर कमरेड हो अनि सहायक प्रमुख क.नकुल राजन गौतम हुनुहुन्थ्यो । हामी अलि भद्रगोल ढंगले कभर लिन लाग्यौं । त्यही क्रममा क.सिमा उहाँ महिला कमरेड भूगोल अलि भिरालो र उनिउको घारी थियो । उहाँको हातमा गहिरो चोट लागेको थियो । अरु हामी सामान्य नै थियो। हामी भएको ठाउँ हुँदै जासुसी विमान दारेचोक तिर गयो।स्थिति सामान्य भयो। हामी फेरि कभरबाट सबै निस्केर रोलकल भयो ट्रेनिङ स्थगित गर्नुपर्यो । बेशको वरिपरि छरेर बेशको सुरक्षा तिर लागियो ।
त्यही बेला खबर आउँछ हाम्रोतिर अलि क्षति भयो। त्यसमा मेरो प्यारो मान्छे कमरेड उग्रेन ढलेको खबर थियो । मैले केही सोच्न सकिन मात्र आँखामा आँसु थियो । अरु कमरेडहरु पनि शोकाकुल हुनुहुन्थ्यो । हामीले युद्धको आवश्यकता आन्दोलनको आवस्यकता बुझेर शोकलाई शक्तिमा बदल्ने अठोट गर्यौं।
हामी रुदाँ रुदै हाँसेको दिन सम्झें हाँस्दा हाँस्दै रोएको दिन सम्झें। यसरी उहाँ लगायत सहिद हुने ती अमर कमरेडहरुलाइ सम्झिदै फेरि छुट्टिएको हाम्रो फौजसँग भेट्ने कोसिसतिर लागें । छुट्टेको केही दिन मै हाम्रो भेट भयो। मैले यहि क्रममा लिला ब्लोन क. सूचना दिदीसँग खबर बुझें मेरो साथी मेरो कमान्डर खै ? भनेर । दिदीले आँखामा आँसु लिएर भन्नूभयो, ‘मैले संगै ल्याउन सकेन ।’ पहिले त ढलेको खबर विस्वास लागिरहेको थिएन । जब दिदीलेनै माफ गर भन्नुभयो तब विस्वास गर्नुको अर्को विकल्प थिएन ।
म दिदीको काखमा बसेर रोएँ । दिदी भाइ रुँदै थियौं त्यही बेला क.क्रान्ति अमर गुरुङ तामाङ आएर भन्नुभयो, ‘मेरो आफ्नो नजिककैको आफन्त हो । हामी सँगसँगै खेलेको पढेको साथी भाइ हो। झन्डै म पनि ढलेको यो मेरो झोला र स्लिपिङ ब्याग हेर ।’ नभन्दै गोलिले उहाँको झोला र स्लिपिङ ब्याग धुजा धुजा भएको थियो । मान्छे सकुशल हुनुहुन्थ्यो।
आज सम्म हामी उहाँको सम्झना मै बाँचिरहेका छौं। ती अमर शहिद क. उग्रेन लगायत दारेचोक मोर्चाका शहिदहरु प्रती मेरो लाल अभिवादन र सलाम ।।।