सेयर
-प्रदिप नेपाल
बंश अघि बढ्न पनि छोरो चाहिने रे’छ
कात्रो माथि चढ्न पनि छोरो चाहिने रे’छ
सन्तान कोही नभए’सी हेप्दा रे’छन् सारा
प्रतिवादमा लड्न पनि छोरो चाहिने रे’छ
जिउँदो हुँदै अपुताली खान खोज्दा रैछन्
धनसम्पती जोड्न पनि छोरो चाहिने रे’छ
अस्पतालमा छटपटाएर छोड्नै लाग्दा श्वास
जिउमा सलाइन अड्न (अडिन) पनि छोरो चाहिने रे’छ
निर्धाको त लासमै पनि राजनीती गरियो यहाँ
कुशे पानी छर्न पनि छोरो चाहिने रे’छ
ढिकुरो फुटाइ तिलान्जली दिने भेटिएन
बैतर्नी तर्न पनि त छोरो चाहिँने रे’छ
shere this