नुवाकोट ४ भदौ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका ५ दुईपिपलमा यसवर्षको रोपाइजात्रा भदौ ५ गते बुधबार हुँदैछ । हरेक वर्ष लाखेनाचसहित हुने परम्परागत रोपाइजात्रामा कलाकारहरुको विशेष प्रस्तुती रहने गरेको छ । स्थानीय स्तरबाट आयोजना र प्रवर्धन हुँदै आएको परम्परागत रोपाइजात्रामा यसवर्ष कलाकारको व्यवस्थापन स्थानीय जनप्रतिनिधिले गर्ने भएका छन् ।
विभिन्न झाँकीसहित कलाकारको प्रस्तुती रहने जात्रामा वडा नम्बर ५ का वडाध्यक्ष मदन भुजेल, कार्यपालिका सदस्य अनुराधा श्रेष्ठ, वडा सदस्यहरु गोकर्ण नेपाल, बुद्धिलाल श्रेष्ठ र निर्मला रोक्काले लोकदोहोरी कलाकारको व्यवस्थापनको जिम्मा लिनुभएको हो ।
नेवार समुदायले मनाउँदै आएको परम्परागत रोपाइजात्रामा बुधबार दिल श्रेष्ठ, सिता घिमिरे सीता सुवेदी, जगत बोगटी, रन्जित कुँवर, हेम मगर लगायतका कलाकारको प्रस्तुती हुनेछ ।