भारतले नेपाली भूमि लिपुलेकबाट चीनसम्मको सीमा जोड्ने सडकमार्गको उद्घाटन गरेको द्ध । चीनसम्मको सीमा जोड्नका लागि शुक्रबार ८० किमिको बाटो रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेका हुन्।
कैलाशसरोवर जानका लागि यस मार्गबाट सहज हुन्छ। सेना, सीमा सुरक्षाबल र प्रहरी जवानलाई सीमा सुरक्षा गर्न जानलाई सहज हुन्छ। नेपाली भूमिमा भारतले सडक बनाएर उद्घाटन समेत गर्दा नेपाल सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन् । जनस्तरबाट भने भारतले नेपाली भूमि आफ्नो बनाउन कसरत गरेको भन्दै विरोध भएको छ ।
धारचुलाबाट चीन पुग्नका लागि चार दिन लाग्थ्यो भने अब सडक बनेपछि पूरा एक दिनमा पुगिने भएको छ।
मन्त्रीले हरियो झण्डा देखाएर धारचुलाको लागि एसएसबीको सवारीसाधन पठाएका थिए। शनिबार बिहान धारचुलाबाट चीनको सीमा जानेछ।
भारतले सन् २००६ देखि लिपुलेकदेखि निर्माण कार्य सुरु भएको थियो। २०१२ सम्ममा निर्माण गर्ने लक्ष्य राखेको थियो। विविध कारण तथा भौगोलिक कारणले निर्माण प्रक्रियामा बाधा आएको थियो।
कालापानीमा ६० बर्षदेखि भारतीय फौज नेपाली भूमिमा बसिरहेको छ । भारतकोे पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गमा उक्त लिपुलेक क्षेत्र नेपाल–भारत सीमानाको लिम्पियाधुरा क्षेत्रदेखि निकै वर नेपाली भागमा रहेको छ ।
भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गरे पछि एक ईन्च पनि सिमाना गुम्न नदिने भनेको नेपाल सरकारले वार्ताका लागि पहल गर्दा समेत वास्ता नगरेको भारतले अहिले फिल्डमै कब्जा जमाएको छ ।