सेयर
काठमाडौँ ।
आज भाषा दिवस । बाग्मती प्रदेश सरकारले दिवसको अवसर पारेर आजैदेखि नेवारी र तामाङ भाषालाई सरकारी कामकाजीको भाषाका रुपमा कार्यान्वषनमा ल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बाग्मती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ शुभारम्भ घोषणा गर्दै ती भाषा सरकारी कामकाज कार्यान्वयनमा आएको घोषणा गर्नुभयो ।
भाषा दिवस तथा कामकाजी भाषा कार्यान्वयनको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । वि.सं २०८० कात्तिक २३ गते प्रदेश सरकारले ऐन प्रमाणीकरण गरेको थियो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामामा भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।
shere this