काठमाडौं ।
दोस्रो मृगौला प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपि शर्मा ओली अझै केही दिन अस्पतालमै रहने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा गत बुधबार मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले आम मानिससरह काम गर्न भने ६ महिना लाग्ने चिकित्सकले बताएका छन् ।
सोमबार भर्ना भएका प्रधानमन्त्रीलाई परिवारको सल्लाहअनुसार अझै केही दिन अस्पतालमा राखिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका हुन् ।
प्रधानमन्त्रीको उपचारमा संलग्न डा. दिब्या सिंहले आफुहरु समेत पुर्ण विस्वस्त भएपछि प्रधानमन्त्रीलाई डिस्चार्ज दिने बताईन । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भएकाले चाँडै डिस्चार्ज हुने सम्भावना रहेको उनको भनाई छ ।
डिष्चार्जपछि प्रधानमन्त्री ओली विस्तारै काममा फर्किएपनि सामान्य मानिस जसरी पूर्ण रुपमा सक्रिय हुन ६ महिनादेखि एक वर्षसम्म लाग्ने सिंहले बताईन ।
अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. सिंहले प्रधानमन्त्रीलाई भीडभाडमा जान नहुने रुखाखोकी वा अरु संक्रमण भएकाहरुसँग टाढा बस्नुपर्ने र, साधारण मान्छे जसरी सक्रिय हुन ६ महिना वा एक वर्षसम्म लाग्न सक्ने जानकारी दिईन ।