मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोट देबिघाटस्थित अपाङ्ग तथा ज्येष्ठ नागरिकको जीवनयापनमा सहजता होस् भनेर विभिन्न सामग्री सहयोग गरेको छ ।
शनिबार देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर बट्टार अनुगमन अधिकृत सरोज पण्डितले संरक्षक भरत दाहाललाई ति सामग्री हस्तान्तरण गर्नुभएको हो । ९ वटा सेतो छडी, ४ वटा ह्वील चियर र ४ वटा बैशाखी संस्थाको नवौं बार्षिकाेत्सबको अवसरमा प्रदान गरेको संस्थाले जनाएको छ ।
“ज्येष्ठ नागरिकलाई सबैले माया र सम्मान व्यक्त गर्न आवश्यक छ,” संरक्षक दाहालले भन्नुभयो । उहाँले देबिघाट स्थित वृद्धा आश्रममा केही नभएका र कोही नभएका ज्येष्ठ नागरिकलाई समितिले गास बासको व्यवस्था गर्दै आएको समेत जानकारी दिनुभयो ।
नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको लघुबित्त हाल देशका ६४ जिल्लामा १४९ शाखा संजाल मार्फत लघुबित्त सेवा प्रदान गरिरहेको छ ।








































