सेयर
घाम लाग्यो
उनीहरू मस्त सुतिरहे
तर ऊ शयल खोज्न हिँड्यो !
जवानी उम्लियो
उनीहरू चुपचाप बसिरहे
तर ऊ प्रेमीकालाई चुम्बन गर्न हिँड्यो !
भोकले सतायो
उनीहरू लम्पसार परिरहे
तर ऊ ढिकुटी लुट्न लुटेरा बनी हिँड्यो !
शासक आयो
उनीहरू बेखबर लडिरहे
तर ऊ विद्रोहको आवाज बोकेर हिँड्यो !
कुनै एक दिन
नालबाट गोली छुट्यो
र उसको छातीमा गएर ठोक्कियो !
ऊ रोयो
तर उनीहरू रोएनन्
किनकि
रूनलाई त आँसु चाहिन्छ !
उनीहरू मूर्दा थिए
र ऊ एउटा उद्दाम जीवन थियो !
shere this