सरकारले भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । नेपाल-अङ्ग्रेज मलाउँ देउथल युद्धमा लड्दा लड्दै ७३ वर्षको उमेरमा वीरगति प्राप्त सरदार भक्ति थापालाई सरकारले नेपालको राष्ट्रिय विभूति घोषणा गरेको हो । गृह मन्त्रालयको सिफारिसमा असार १४ को मन्त्रीपरिषद् बैठकले उनलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको हो ।
सरदार थापाको नेतृत्वमा नेपालको एकीकरण अभियानमा बाइसे राज्य लगायत महाकाली पारिका कुमाउ गढवाल हुँदै सतलज नदीसम्म बिस्तार भएको थियो । अङ्ग्रेजले भारतीय राज्यहरुलाई उपिनवेश बनाउँदै मलाउ लडाइँको नेतृत्वकर्ता सरदार भक्ति थापा थिए ।
देउथल युद्धमा थापाको बहादुरी देखेपछि अङ्ग्रेजले साहसीको पनि साहसीका रुपमा लिएका थिए । प्रतिद्वन्द्वी अङ्ग्रेजले वीर योद्धा स्वीकारेका थापालाई राष्ट्रिय विभूतिको सूचीमा छुटाइएको थियो ।
वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले २०७८ वैशाख ६ गते २०६ औँ देउथल युद्ध तथा वीर भक्ति थापा स्मृति दिवस मनाउँदै गर्दा सरकारलाई ऐतिहासिक तथ्य उपलब्ध गराउँदै राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको थियो ।
यस्ता छन् भक्ति थापाबारेका ऐतिहासिक तथ्य
इकागजबाट