होमनाथ ढकाल
मेरो मनोवैज्ञानिक हस्तक्षेप यो देशको लागि मार्गनिर्देशक पथप्रदर्शकको मसला बन्न सक्छ । हिमवत खन्डको उच्च पहाडी नगिन भएको देश नेपाल र विविधतायुक्त यहाँका मानवसभ्यता तथा भौतिक वातावरणमा यहाँका राज्यसत्ताको स्वरुप, चरित्र र प्रवृत्ति कस्तो हुनुपर्दछ ? यसको वस्तुनिष्ट वैज्ञानिक आधार के हो ? भन्ने अर्थमा नबुझी संसारका अहम् महत्वाकांक्षी र आर्टिफिसियल डिप्लोमेटिक फण्डाहरू को लहै लहैमा लागेर युगौँदेखिको स्वतन्त्र तथा सार्वभौम मुलुक हाम्रो देश नेपाललाई सदा सदाकालागी वैदेशिक उपनिवेशको कृडास्थल बनाइराख्नु कत्तिको तर्कसंगत र युक्तिसंगत कुरा हो ? यसबारे गहन विवेचना गर्नु जरुरी छ ।
पढ्यो, लेख्यो र टाँठो बाठो भयो र देश परदेश घुम्यो, अर्काको विकास सम्वृद्धी र चकचकीमाचाहिँ चखतिभुल्ल भयो र सोच्यो, विचारा यो हाम्रो हिमाल, हाम्रो पहाडी नगिनलाई कसरी सिंगार्न सकिन्छ ? अंक गणितीय क्याल्कुलेसन गर्न थाल्दछन् र यो निष्कर्षमा पुग्दछन् कि गणित नै फेल हुनपुग्दछ । गणित फेल हुनु भनेको विज्ञानलाई चुनौती दिनु हो तथा अर्को गणितको आविस्कार गर्नु पनि हो । यो हाम्रो वशमा छैन । कयौँ माइल दूरको बात हो भन्दै अदम्य शाहसिक मानव ज्ञान र चैतन्यको तागत कति शक्तिशाली, बलशाली र उर्जाशिल हुन सक्छ जसले प्राकृतिक शरीरभरी सितारा टाँसोस् । चाँदको चमक सुहाओस् । बस चल्दैन भनेर यतापट्टी ध्यानै दिएनन् । त्यो विद्धता र ज्ञान बुटिले कामै गरेन । काम कता ग¥यो त भन्दा रिक्स कसले मोल्ने ? दुख कसले उठाउने ? झण्झट किन ब्यहोर्ने ? वास्तविक शासन व्यवस्था र प्रणालीहरू को प्रयोगतिर सोच्नुको साटो यतापट्टी लगायो कि आफ्नो स्वर्गिक आनन्द, आफ्नो साम, दाम, दण्डभेदद्वारा आफ्नो हुकुमीतन्त्रको ढोल पिटाइयो र आफू सर्वेसर्वा ठूलो भजाइयो । शक्तिशाली भजाइयो र आफ्ना चरणकमलमा प्रजावत्सल र भक्तजनहरू को दिमागमा किर्तिम डर र सिमाबाध्यताको फण्डा पेस गरेर सार्वभौम जनतामाथिको अंकुस लगाउने तथा आज पनि हाम्रो देशले मध्ययुगिन बर्बरताको शैलीभन्दा माथि उठेर दौडिने कुरा गर्दैन ।
विडम्बना भन्नूपर्छ यो २१ औँ शताब्दी हो र हामी नेपाली जनता हौँ । हाम्रो देश नेपाल हो । प्रकृतिप्रदत्त हाम्रो ऐतिहासिक पृष्ठभुमीले हामीलाई स्वर्गीय आनन्दको आदेश गरिरहेको छ ! हरेक यो वा त्यो बाहनामा उछिल्ट्याएर त्यो मध्ययुगिन बर्बरता आजको दिनसम्म घुसपैठ, भ्रष्टाचार, दलाली, र कमिसनतन्त्रको जामा भिरेर नाङ्गो नृत्य प्रहसन गरिरहेको छ । जनतालाई ढाँटिरहेको छ र तिनको सम्पूर्ण जीवनको परजीवी बनेर चुसिरहेको छ । देखियो नि त ! पद, प्रतिष्ठा तथा कुर्सी मोहको महाँसंग्राम । मेरो दृष्टिकोणमा कुनै वाद र तन्त्रलाई दोस दिएर हाम्रा विद्धतहरू तथा राजनीतिक पारखीहरू भाग्ने ठाउँ नै छैन । यी विद्धतहरू ले, यी ठुटे राजनीतिका हिमायतीहरू ले अत्याधिक विकास र सम्वृद्धीकोस्तरमा जोड दिएको कुरा सर्बप्रथम आफ्नो स्वर्गिक आनन्दको सुरक्षा र ग्यारेन्टीको प्रश्न हो जो आफू मालिक बनेर अरुलाई दासमा परिणत गर्ने मनोदशाद्वारा अभिप्रेरित छ ।
आफ्नो साम्राज्य र सम्प्रभुताको चिन्तनद्वारा निर्दिष्ट रह्यो । त्यो अभिमान र घमण्डद्वारा निर्दिष्ट रह्यो । त्यसले बन्दुकलाई जन्मायो । त्यसले सबभन्दा घातक विष्फोटक पदार्थलाई जन्म दियो । तर त्यस्ता हाइएक्सप्लोसिभ प्रमाणुहरू को उत्पादन र तिनको विनित उपयोगको अनुपयुक्त प्रयोग मानव विनासकारी हतियारमा पो परिणत गरिदिए । आफ्नो सम्पूर्ण जीवन भोग विलासिता, सुरक्षा र दादागिरिमा खर्चिए । फलस्वरुप प्रथम र द्वितीय युद्ध भएका हुन् । तर यो कुरा पनि सत्य हो कि ती मध्ययुगिन दास–मालिकहरू को आफ्नो किसिमको स्वार्थको प्रभावमा बाद्यात्मक सुख सुबिधा र भोग विलासको रहर जाग्दा युरोप तथा लेटिन अमेरिकी मुलुकहरू ले काँचुली फेर्ने मौकाको उपयोग ग¥यो । त्यो उनिहरू को चमत्कारिक संरचनाहरू को विचरणको सुरुवात हाम्रा सम्भ्रान्त शासकहरू मध्ये जंगबहादुरले नै पहिलो मौकाका प्रत्यासी बने । त्यसपछिमात्र क्रमशः आउ–जाउको प्रकृया चलेको पाइन्छ । पहिलोपटक बेलायतसम्म पुग्न जंगबहादुरलाई कति बफादार बन्नुपरेको थियो त्यो इतिहांसले प्रष्ट्याइसकेको छ । नेपालमा राज्यव्यवस्था र शासन प्रशासनहरू को रदगद सामन्ती राजतन्त्रबाट विस्तारै पश्चिमा आइडियोलोजी अन्तर्गत आर्टिफिसियल डिप्लोमेटिक फण्डाहरू को आधारमा अभ्यास गर्न थालियो ।
अब भन्नुहोस् हाम्रो विद्धता एवं श्रेष्ठ राजनीतिक चातुर्यता भनेको सबैभन्दा बढी धुर्त्याईँ (जो पश्चिमेली आइडियोलोजी) र सबभन्दा बढी छलकपट (सामन्ती राजतन्त्रको सिद्धान्त वा कु–विचार) हरू को उपयोग मिश्रीत पाइन्छ । सबभन्दा बढी नरसंहार कसले गर्न गराउन सक्दछ त्यो नै कुशल शासन प्रशासन चलाउन सक्ने योग्य र सक्षम व्यक्तित्व कहलाइयो । यहि आवरणमा सबभन्दा बढी अपराध भएका छन् । नेपालमा कोतपर्व, भण्डारखाल पर्व तथा कयौँ रात्री भोजहरूको मतलव र एउटै सार भनेको पछिल्लोपटक राजा विरेन्द्रको वंशनास हुँदै कति धेरै धनसम्पति कुम्ल्याउन सकिन्छ भन्ने ध्याउन्नमा राजनीतिको दुरुपयोग गरियो जसको सिकार पछिल्लो पटक रविन्द्र अधिकारीको सुनियोजित दुर्घटनालाई पनि लिन सकिन्छ ।
दुःखका साथ लेख्नैपर्दछ कि हाम्रो देशमा आजसम्म जुनसुकै हत्याकाण्डको मन्चन हुन सक्छ तर कुनै पनि घटना एवं दुर्घटनाहरू को स्वतन्त्र र निष्पक्ष छानविन हुनै नसक्नु तथा कारबाहीभन्दा पनि उन्मुक्तिले प्रायरिटी पाइरहनुको पछाडि केले काम गरेको छ त भन्दा राजनिती, सैद्दान्तिक रुपमा दास–मालिक मनोवृत्ती तथा धुर्त्याईँपुर्वक पश्चिमा आर्टिफिसियल डिप्लोमेटिक आइडियोलोजि र घरेलु सामन्ती छलकपटको मिश्रित टेक्निकलका कारण विषयवस्तु र घटना एवं परिघटनाहरूको वस्तुनिष्ट वैज्ञानिक अनुसन्धान र त्यसको सत्य (निदान) निरुपण हुनै दिइएन । यदि दिन्थ्यो त हाम्रा विद्धतहरू तथा राजनीतिक खेलाडीहरू हाम्रोजस्तो निर्मल तथा अविकसित दारुण जनसमुदायको पिछडा मनोविज्ञानको फाइदा उठाउन तल्लिन मात्र ठहरिने थिएनन् ।
प्रत्येक घटना तथा परिघटनाहरू सहन गर्नै नसकिने अक्षम्य पहाड बनेर छेकिदिन्थ्यो र पो यथेष्ट छानविन हुनसक्थ्यो । यो हुन सकेन । यिनलाई यिनको विद्धताको शरम हुनु पर्ने हो । यिनको राजनिनितिक चतुर्याइँको शरम लाग्नु पर्ने हो । यसकारण यिनिहरूको चेतना एउटा कम्पनिको ठेकेदारको हैसियत भन्दामाथि उठेन । यो हाम्रो जस्तो हिमवत खण्ड, तथा भुपरिबेष्ठित पहाडी नगिन देश नेपालको दुर्भाग्यको बात हो । यहाँको सामाजिक मनोविज्ञानलाई दरिद्र बनाइराखिएको छ । यो चिन्तनगत मध्ययुगिन बर्बरताको सैद्दान्तिक प्रयोगको निरन्तरता हो ।
म यो दुनियाँको अगाडि एउटा च्यालेन्ज के गर्दछु भने हाम्रो देश नेपालको विकास र सम्वृद्धी पहिलो त अंक गणितिय जोड–घटाउको आधारमा सम्भव छैन ।
दोश्रो जो हाम्रो राज्यव्यवस्थामा प्रयोग गरिएको शासन प्रणाली छ त्यो नै हाम्रोनिम्ति बाधक बनिरहेको छ । यसैलाई हाम्रा विद्धतहरू, हाम्रा राजनीतिक खेलाडीहरू (ठेकेदार) के भनिरहेका छन् भने आधुनिक दुनियाँमा सर्वाधिक प्रयोगमा आएको लोकतन्त्रको उच्चतम् प्रयोग जो संसारभरिका देशलेसमेत सहजै स्वीकार्ने सर्वाधिक लोकतान्त्रिक विधिको व्याख्या गरे यहि आवरणमा जनतालाई झुक्याउन सफल भए । यो नै दुर्भाग्यपूर्ण छ । हामी त नेपालमा जनयुद्द र २०६२÷०६३ को जनआन्दोलन पछि हाम्रो आफ्नै आन्तरिक आवस्यकतालाई पुर्ती गर्ने हिसावले कसैको लोभ र लालसामा नपरिकन आफ्नै खुट्टामा उभिएको स्वतन्त्र र स्वाभिमानी चेत र भाव सहितको शासन प्रणाली (कसैसँग मिले मिलोस् नमिले नमिलोस् ! म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर ) अवलम्बन गरेर जानुपर्ने थियो । यहि अपेक्षा गरिएको थियो बेक्कार भो ।
तेश्रो सार्वभौम जनताको खुलेआम अपनत्वलाई नस्वीकारुन्जेल देश उठाउनै सकिन्न । हावामा भाषण गरेर देश निर्माण हुने भए दुनियाँमा सबभन्दा बढी पसिना बगाउने हामी नेपालीहरू थियौँ । किन काम लागेन ? हामिले जति बोरा बोकेर पहाडको शिखरमा कसैले पनि लगेन तर संसारभरी हामी नेपालि नै पछाडी किन ? सबभदा धनी मनि र पाले पहराले सुसज्जित हामी नेपाली नै हुनु पर्ने थियो नि त ? के यो सब सपना हाम्रो निम्ति बालुवामा पानी हालेसरह छैन र ? तसर्थ हाम्रो देशको सापेक्षतामा माथी उल्लेखित पश्चिमा आर्टिफिसियल ठुटे डिप्लोमेटिक आइडियोलोजी र घरेलु सामन्ती छलकपटको सिद्दान्त र त्यसका ठेकेदारहरू सहित फेल भैसकेका छन् । अब नयाँ तरिकाले सोच्नु छ । युवाहरू हो जागौँ । गल्ती जहाँदेखि भएको हो त्यहीँ पुगेर सहि मार्ग पहिल्याउनुको बिक्ल्प छैन । मलाई लाग्छ हामिले हाम्रो देशले खोजेको समाजवादी मोडलको लागि मैले उठाएका विषयहरू कोसेढुङ्गा सावित हुनेछन् । हामिले अर्को नयाँ अंक गणितिय विज्ञानको आविस्कार गर्ने छौँ ।
Recent Comments