सेयर
कास्की ।
स्याङ्जाका जनप्रतिनिधि बीच कुटाकुटा भएको घटना सार्वजनिक भएको छ । हिजाे राती गल्याङ ८ स्थित ग्रिन भिलेज कटेजमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेबीच कुटाकुट भएपनि घटना ढिलो गरि बाहिर आएको हो ।
कोरोना संक्रमणको अनुगमनका क्रममा गाडीको दुरुपयोगका बिषयमा विवाद हुँदा कुटाकुट भएको बताईएको छ ।
कुटाकुटका क्रममा वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेको हात भाँचिएको छ । उनको पोखरामा उपचार भैरहेको छ ।
कुटाकुटको घटनाबारे स्थानीय प्रहरी चौकीमा उजुरी परेको छ । उप–प्रमुख बगाले र वडा अध्यक्ष गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
shere this
Recent Comments