काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार ७ जना संक्रमित थपिएको जानकारी दिए ।
धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो पटक सर्लाहीको धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपु र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना देखिएको छ।
त्यसैगरि महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। बिहीबारै बिहान काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे थियो। हालसम्म ३५ जना उपचार पछि निको भएका छन्।
अस्पतालमा पहिल्यदेखी उपचाररत विरामीमा कोरोना
महाराजगञजस्थित त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण देखिएको छ। न्युरो सर्जरी वार्डमा सात दिनअघि भर्ना भएका ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो ।
पहिल्यैदेखी उपचाररत बालिकामा कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालका चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको छ। अस्पतालले यसबारेमा अधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।