काठमाडौं ।
काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरसको परिक्षण सुरु गरिएको छ । अपार्टमेन्टमा बस्दै आएका एक परिवारका तीनजनामध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै त्यहाँ बस्नेहरुको परिक्षण सुरु गरिएको हो ।
हिजो अपार्टमेन्टको ब्लक ए मा बस्दै आएका एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यही ब्लकमा रहेकाहरुको ¥यापिड टेष्ट किटमार्फत कोरोना परिक्षण थालिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिए । आज ए ब्लकका सबैको परिक्षण सकिने नगरपालिकाले जनाएको छ । ए ब्लकमा दुई सय बयालिस जना बस्दै आएका छन् । ज्येष्ठ नागरिक, दीर्घ रोगका बिरामी शारिरिक रुपमा कमजोर व्यक्तिहरुबाट परिक्षण थालिएको छ ।
ए ब्लकको पन्ध्रौँ तलामा बस्दै आएकाहरु बेलायतबाट चैत पाँचमा नेपाल आएका थिए । ¥यापिड टेष्टमा तीन जनामा कोरोना पोजेटिभ देखिएको थियो । दोस्रो पिसिआर प्रबिधिबाट गरिएको परिक्षणमा दुई जनामा पुष्टि भएको हो ।
Recent Comments