गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत “सुनको चन्द्रमा” को भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ ।
गीतमा ओम सुनारको एरेन्ज रहेको छ। गीतको भिडियोमा शंकर बिसी, शोवित बस्नेत, उत्सव अधिकारी, दीपा-दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको ।
गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदि, थारु सस्कृति, बाेटे सस्कृति, हात्ती सफारी र थारु कल्चरलाई देखाउन खोजिएको छ ।
शंकर बिसीको निर्देशक तथा कोरियोग्राफर रहेको “सुनको चन्द्रमा” लाई दुर्गा पौडेलले छायांकन गरेका हुन् ।नबिन घर्ति मगरको सम्पादन रहेको यस गीतलाई रबि एण्ड उषा मिडियाले निर्माण गरेको हो ।
महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिव परियारको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।
भिडियो