सेयर
गुल्मी ।
गुल्मीमा आगलागीबाट एकजनाको मृत्यु भएको छ । चन्द्रकोट शान्तिपुरमा एक किराना पसलमा लागेको आगोमा जलेर १५ वर्षीय समिर खनालको मृत्यु भएको हो । खनालको आफ्नै बाबुले सञ्चालन गर्दै आएको खनाल स्टोर्समा आगलागी भएको हो ।
आगलागीमा परेर तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीले जनाएको छ । आगलागीबाट पसलमा पुर्ण रुपमा क्षती पुगेको छ । पसलमा डिजेल पेट्रोल पनि बिक्रि हुँदै आएको प्रहरीले जनाएको छ ।
shere this