नुवाकोट ।
बेल्कोटगढी नगरपालिका वडा नम्बर ६ मा रहेको कन्चना देउराली युवा क्लव निरन्तर सामाजिक विकास निर्माण अभियानमा लागिरहेको छ । क्लव अभियानमा कहीँ कतैबाट उलेख्य आर्थिक सहयोग नभए पनि युवाहरूको उत्साहजनक सहभागीताले अभियान निरन्तर चलिरहेको छ । अहिले क्लवले भौतिक रुपमा श्रमदान गर्दै विकास निर्माणमा खटिरहेको क्लबका अध्यक्ष पुष्कर लामाले बताए । उनका अनुसार क्लबले देउराली बजार आस पास रहेको सबै युवाहरुलाई समेटेर अहिले प्रवेशद्धार निर्माणको काम भइरहेको छ ।
क्लवले सितोरियो कराँतेदेखि फुटबललगायत खेलकुद क्षेत्रमा समेत नयाँ खेलाडीहरुलाइ उदाउने अवसर सिर्जना गरेको छ । समाजमा हुने सबै समाजिक विकृतीका घट्नाहरुलाई रुपान्तरण गरि समतामुलक समाज निमार्ण गर्ने लक्ष्य र सामाजिक विकास निर्माण अभियानमा निरन्तर लागिरहेको अध्यक्ष लामाको भनाइ छ । अहिले यसै क्लवका युवाहरुको सक्रियताले देउराली बजारको प्रवेशद्वारको दोस्रो चरणको काम पूरा गरेको छ। क्लवका सहसचिव प्रशन्न थिङले कसैले आर्थिक सहयोग नगरे पनि प्रवेशद्धार निर्माणको काम पूरा गरेरै छाड्ने बताए ।
गेट निर्माणमा आवश्यक सामग्री उपलब्ध गराउनुहुने सबै सहयोगी मनहरुलाई बिशेष धन्यवाद दिँदै क्लवका कोषाध्यक्ष प्रदिप नेपालले सबैले सबैले सामुहिक पहल गरे सामाजिक अभियानले सार्थकता पाउन सक्ने बताए । उनले सहयोगका लागि अपिलसमेत गरेका छन् ।
क्लवले घ्याम्पे दुप्चेश्वर मन्दिर जाने बाटोको खुट्किला निर्माण, कोरोना भाइरस रोकथामका लागि गाउँ गाउँ मा गएर मास्क सेनिटाईजर वितरण गरेको थियो भने दुइपिपल स्वास्थचौकीमा एक थान थर्मल गन हस्तान्तरण गरेको थियो ।