काठमाडौं ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । थप एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २० पुगेको हो । बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।
बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको हो। बैजनाथ गाउपालिका ६ की ४६ वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो।
मृत्यु भएकी ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए । निमोनिया रोगले ग्रस्त ती महिला जेठ ३० गते अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउपालिका ५ का २५ वर्ष युवाको कोरोनाबाट मृत्यु भएको थियो।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक,, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ। गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।