एजेन्सीः
भारतीय सेना प्रमुखले नेपालले अरु देशको ईशारामा लिपुलेकको मुद्धा उठाएको आरोप लगाएका छन् । भारतीय सेना प्रमुख मनोज नरभानेले लिपुलेकमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमिमा नै खनेको दाबी गर्दै नेपालले अरुको ईसारामा मुद्धा उठाएको आरोप लगाएको भारतीय सञ्चारमाध्यम द हिन्दुले लेखेको छ ।
उनले भारतीय तीर्थयात्रीका लागि खनिएको उक्त बाटोमा कुनै पनि विवाद नरहेको जिकिर गरेका छन् । एक कार्यक्रममा भाषण गर्दै नरभानेले नेपालले कसको इसारामा मुद्धा उठायो भन्ने चाहिँ खुलाएका छैनन् ।
उनले लिपुलेकमा बनेको बाटोबारे कुनै विवाद निकाल्नु नपर्ने भन्दै सडक नदीभन्दा पश्चिम बनेको दावि गरे ।
भारतले गत साता नेपाली भूमि हुँदै जाने ८० किलोमिटरको बाटो उद्घाटन गरेको थियो । नेपाली भूमिमा बाटो निर्माण गरेसँगै नेपालले आपत्ति प्रकट गरे पनि भारतले भने सडक आफ्नै भूमिमा बनेको भन्दै दाबी गर्दै आएको छ ।