जी २० विशेष शिखरसम्मेलन सम्पन्न भयो । जहा महामारीको बिरूद्ध लड्न सहयोग गर्ने देशहरूको वास्तविक चाहना झल्किन्छ । शिखर सम्मेलनले केही सम्झौतामा पुग्यो । यसले अन्र्तर्रािष्ट्रय समुदायलाई आशा प्रदान गरेको छ । कोरोना भाइरसको फैलिने प्रकोपले अन्र्तर्रािष्ट्रय प्रणालीको दैनिक कार्यहरूमा गम्भीर असर पारेको थियो । विश्वव्यापी यातायात प्रणाली मूलतःपक्षाघात भएको छ । युरोपेली संघ जस्ता संगठनहरू अभूतपूर्व अराजकतामा छन् । सदस्य राष्ट्रहरू बीचको सिमाना फेरि एकपटक रोकिएको छ ।
महामारीको समक्ष प्रकट गरिएको सबैभन्दा ठूलो मानव कमजोरी, एकता र समन्वियत कार्यको क्षमताको अभाव हो । जुन अझै चरम सीमामा पुगेको छैन । विश्वमा पहिले नै धेरै संगठन छन् र विश्वका लिंकहरू जस्तै व्यापार, वित्त र सुचना प्रणाली राम्रोसँग विकसित छ । तर यी कुनै पनि महामारी जस्तै संकटसंग लड्न आवश्यक वास्तविक एकताको उत्पादन गर्न सकेको छैन,। आज अन्र्तराष्ट्रिय प्रणाली कमजोर प्रमाणीत भएको छ ।
चीनले छोटो समयमा महामारीलाई प्रभावकारी रूपमा समाहित गर्न सक्नुको मूल कारण भनेको यो देशसँग भएको उच्च स्तरको समन्वय र एकीकृत कार्य हो । भाइरस विश्वभर फैलियो किन कि अन्तर्रा्ष्ट्रिय प्रणालीसँग यसको विरुद्ध लड्न कुनै एकीकृत रणनीति थिएन । युरोप र पश्चिमी मुलुकहरूमा पनि,विभिन्न देशहरू बीचको सहकार्य प्रत्येक देशले आफ्नै लडाईमा कमजोर रहेको छ । प्रत्येकले बनाएको रक्षाको रेखाहरु भाइरसको बिरूद्ध एक ठूलो पर्खालसंग जोड्न सक्दैैन ।
भविष्यमा धेरै खतरनाक चुनौतिहरू प्रकृतिबाट आउन सक्नेछन् । यो सम्भव पनि जिवितै छ । जब मानिसहरूले सहअस्तित्वको आधारभूत संस्कृतिको भेला गरे । नयाँ शताब्दीको सुरुदेखि नै हामीले भूकम्प, सुनामी र आँधीबेहरी जस्ता विनाशकारी प्राकृतिक प्रकोपहरूको अनुभव गरेका छौं । यस पटक, यो नोबल कोरोना भाइरसले कल्पना गरेको भन्दा धेरै रापचाप भयो, जसले लगभग मानवजातिको प्रमुख आर्थिक गतिविधिहरूलाई स्तब्ध पार्यो । यद्यपि कोरनालाई रोक्नको लागि कुल विश्वको खर्च प्राकृतिक प्रकोप रोक्नका लागी गरीएको लगानि हेर्दा प्रत्येक देशको कूल सैन्य खर्च भन्दा धेरै कम छ ।
अमेरिकामा चीनमाथि अमेरिकी आक्रमण महामारीको समयमा रोकेको छैन र भूराजनीतिक सोचको जडत्व उसको अभिव्यक्तिले झल्काउँछ । विश्व अझै पनि भौगोलिक रूपमा प्रकृतिमा रहेको छ । अमेरिकी राजनीतिक सोच यस तर्कको पूर्ण अधीनमा छ । यसले अन्तर्रा्ष्ट्रिय राजनीतिको आधारभूत दिशालाई असर गरिरहेको छ । यस बन्धनबाट बाहिर निस्कनको लागि अन्तर्रा्ष्ट्रिय समुदायबाट अथक प्रयास जरुरी छ ।
यो विश्व अहिले कठिन घडीमा छ किनकि यो विश्वबन्धुत्व भत्किएको छ, । संकटको वास्तविकताले धेरै मानिसहरूलाई त्यस्तो महसुस गराइरहेको छ । यद्यपि विश्व एकताका लागि कडा व्यवहारिक कदम चालिएका छन । विशेष जी २० शिखर सम्मेलनको आयोजनाले धेरै देश आशा त्याग्न तयार छैन भनेर देखाउँदछ । जे भए पनि यसले विश्वलाई एकतामा धकेल्दछ, सबैजना प्रयास गर्न इच्छुक छन् ।
संसारको एकता भनेको सबैभन्दा पहिले ठूला शक्तिको एकता हो । जब महान शक्तिहरूले एक अर्कासँग प्रतिस्पर्धा गर्छन, मानव ऐक्यबद्धता खाली कुरा हो । सर्वोच्च शक्ति साँच्चै नै अन्तर्रा्ष्ट्रिय सहयोगको सुदृढीकरणलाई बढावा दिन प्रतिबद्ध छ कि छैन भन्ने कुरा निर्णायक महत्त्वको छ। त्यसकारण यो भन्नु आवश्यक छ कि महामारीको विरूद्ध लड्नको लागि मानव आवश्यकता भन्दा कम सहयोग गर्ने विश्वको क्षमताको लागि अमेरिका मुख्य रूपले जिम्मेवार छ ।
यस शताब्दीको सुरुदेखि अमेरिकामा धेरैजसो संकटहरू गैर भूराजनीतिक थिए र वास्तविक राजनीतिक आघात ९र११मा एक पटक मात्र भएको थियो । क्याट्रीना तूफान होस २००८ को वित्तीय संकट, वा नोवल कोरोना भाइरसको महामारी, ती अमेरिकी संरा अमेरिकी सुरक्षा टोली र गुप्तचर एजेन्सीहरूले कल्पना गरेको भन्दा असान्दर्भिक छन् । अमेरिकाको खतराको दर्शन यसको वास्तविकतासँग विल्कुल मेलखादैन ।
यो सुधार्न कहिले ढिलो हुँदैन । मानव चुनौतिहरूको सामना गर्न सक्ने क्षमताको निर्माण गर्न कदम चाल्नु आवश्यक छ । यो अभूतपूर्व विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटले हामीलाई जोडतोडले पहिचान गर्न र यो क्षमताको निर्माणको लागि व्यावहारिक कदमहरू चाल्ने अवसर हुनुपर्दछ। यति धेरै मानिसहरू व्यर्थमा मर्दैनन, यति धेरै कम्पनिहरु केहि दिवालिया हुन सक्दैन। संसारले प्रत्येक विफलताबाट सिक्नु पर्छ । मानवजातिले हामी कहाँ उभिरहेका छौं, के जोखिमहरू छन् र हामीले कदम चाल्नु आवश्यक छ ।
ग्लोबल टाइम्स सम्पादकीय अनुवादक ःसमरसिह