काठमाडौं : माघ ५, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भएको हो । सापकोटा अध्यक्ष दाहाल निकटका मानिन्छन्।
लामो समयदेखि रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पक्षबीच रस्साकस्सी चलिरहँदा आइतबार बिहान दुई अध्यक्षबीचको छलफलले सापकोटाको नाममा सहमति जुटाएको हो। ओलीले पूर्व सभामुख सुबास नेम्वाङलाई अध्यक्ष बनाउन निक्कै प्रयत्न गरेका थिए ।
भने राष्ट्रपति भण्डारीले उपसभामुखलाई नै सभामुख बनाउने प्रयत्न गरेका थिए । तर अध्यक्षद्वयबीचको सहमतिअनुसार सभामुखमा सापकोटाको नाम आज अपरान्ह चार बजे बस्ने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ ।