सेयर
नुवाकोट ।
कञ्चना देउराली युवा क्लव नुवाकोटले आज विपन्न परिवारका ज्येष्ठ नागरिकलाई मास्क तथा सेनिटाईजर वितरण गरेको छ ।
क्वलबाट दुई जनाको समुहमा सदस्यहरुले बेलकोटगढी नगरपालिका ६ तल्लो र माथिल्लो अर्चले देउराली लगायतका क्षेत्रका ज्येष्ठ नगारिकलाई सहयोगस्वरुप मास्क र सेनिटाईजर वितरण गरेका हुन् ।

न्युन आय भएका विपन्न परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्य सहयोगका लागि क्लवले आफुसँग भएको स्वास्थ्य सामाग्री वितरण गरेको क्लवका सहसचिव प्रदिप नेपालले बताए ।

क्लवले समाजसेवी जगत तामाङको सहयोगमा सामाग्री वितरण गरेको हो ।
shere this








































