ललितपुर, चर्चमा हुने बेभिचारको धन्दाबारे एक तथ्य बाहिर आएको छ । जबर्जस्ती करणीको आरोपमा ललितपुरेको एक चर्चका पाष्टर पक्राउ परेसगै यो सत्य खुलेको हो । ललितपुर कुसुन्तिस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर विश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत सोमबार साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए ।
आशा चर्चकै एक महिलालाई ललितपुर महानगरपालिका चापागाउँमोडको एक गेष्ट हाउसको कोठामा बोलाई पाष्टर जोशीले करणी गरेको ती महिलाले दिएको जाहेरीमा उल्लेख छ ।आफ्नो रोगहरु चर्चमा गए पश्चात् निको हुन्छ भन्ने बिश्वास दिलाई चर्चमा प्रार्थना गर्न जाने सिलसिलामा जोशी पास्टरले तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो, सो पाप मेटाउनको लागि तिमीले मसँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि पाष्टरले बलात्कार गरेको पिडित महिलाले बताइन ।
‘मैले तिमीलाई शारिरीक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नास भएर जान्छ’,जोशीले भनेको स्मरण गर्दै पिडित महिलाले भनिन, ‘कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनि धम्की दिएको छ ।’
पाष्टर जोशीले दोस्रो पटक पीडित महिलाले सञ्चालन गरेको पसलमा आई जबरजस्ती करणी गर्न खोज्दा अस्विकार गर्दा बेइजत गरिदिने धम्की दिएर बलात्कार गरेको उनल्व बताइन् । ‘तिमीले मसँग पहिला पनि शारिरीक सम्पर्क गरीसकेकी छौ, तिम्रो परिवार तथा साथीभाइलाई चर्चमा हल्ला गरी दिन्छु भनी डरत्रासमा पारी पुनः सोही पसलको कोठामा जबरजस्ती करणी गर्यो’पिडित महिलाले गुनासो गरिन ।









































