सल्यानमा पूर्वजनमुक्ति सेनाका सैन्य कमान्डर तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता दुर्गा सुनारसहित १० जना नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल गाउँपालिका सदस्य गणेश सुनार पनि नेकपा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका वाइसियल वडा संयाेजक राकेश बुढाथोकी,पार्टी सदस्यहरु गोपाल बुढाथोकी,अतिराम बुढाथोकी, आत्मराम बुढाथोकि, रमेश बुढाथोकी, पहल बुढाथोकी, बिस्णु बुढाथोकी, टेक बहादुर बस्नेत पार्टी प्रवेश गर्नु भएको छ ।
नेकपा सल्यानले चलाएको जनभेटघाट अभियानमा विभिन्न विद्यालय, गाउँ, घर टाेलटाेलमा सामाजिक विकृति अन्याय, दमन, शोषण, भ्रष्टाचार लागुऔषधि दुर्व्यसनीजस्ता क्रियाकलापको भन्डाफोर गर्दै जनताको बिचमा संसदिय व्यवस्थाको विकल्पमा जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवादका लागि पार्टीले सङ्घर्ष गर्ने एजेन्डा लिएको र आम जनताले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आफ्नो अमुल्य मतद्वारा व्यवस्था चुन्ने जनमतको चुनावमा सहभागी हुन अपिल गर्दै जनभेटघाट अभियान चलाइरहेको छ ।







































