सुजन प्रेमी
नुवाकोट, १० चैत २०७४ ।
नुवाकोट जिल्लाको दुइ नगरपालीका मध्ये ग्रामिण नगरपालिका भनेर चिनिने बेलकोटगढी नगरपालिका हो । जिल्लाको सदरमुकाममा पर्ने बिदुर नगरपालिका आफैमा सुविधासम्पन्न छ तर नेपाल संघियतामा प्रवेश गरेपछी नगरपालिकामा परिणत भएको बेलकोटगढी नगरपालिका जिल्लाको पछि परेका जिल्लाहरुबाटै निर्मित भएको हो । स्थानिय तहको चुनावमा नगरप्रमुख भएर तत्कालिन नेकपा एमालेबाट प्रमुख जित्नुभएका साविकको मदानपुर गाविसका राजेन्द्र रमण खनाल नगरप्रमुख बन्नुभएको छ । साविकको दुइपिपल, जिलिङ, बेलकोट कुमरी, रातमाटे, र मदानपुरका केही वडा मिसिएर बनेको बेलकोटगढी नगरपालिकामा साँच्चै जनताले चाहेजस्तो मेयर चुनिएका छन् । मान्छेका सबै काम राम्रा नहोला तर राम्रा कामको पनी प्रशंशा गर्न सक्नु मानवियताको असलताभित्र पर्दछ । राजेन्द्र रमन खनालले के बोले भन्दा पनी के गरे भन्ने कुरा हामीले महशुस गरेका छौँ । खनाल नगरप्रमुख भैसकेपछी रेडियो बृन्दा अनलाइनसंगको कुराकानीमा र हामीले उहाँको कार्यशैलीको चाल बुझ्दा फरक पाएनौँ । उहाँ नगरप्रमुख भैसकेपछी नगरपालीकामा विकाशको गती आकाशिदै गएको सबैले महशुस गर्न सक्छन् । नगरपालिकाका १३ वटै वडाहरुमा अति आवस्यक सडक यातयात पुराउनका लागी २५५ सडक निर्माण हुन थालेको छ । बेलकोटगढी नगरपालिका कार्यलय बाखोरसम्म सबै वडाका सडकसञ्जाल जोड्नका लागी आफुले काम सुरु गरेको नगरप्रमुख राजेन्द्र रमण खनालले बताउनुभयो । नमुना नगरपालिका बनाउने खनालको सोचअनुसार नगरभित्रका सार्वजनिक ठाउको पहिचान गरि त्यस क्षेत्रमा बृक्षारोपन, पिकनिक स्थल, पर्यटकिय स्थल लगाएतका सार्वजनीक ठाउँ बनाएने छ । आफ्नो कार्यकालको एक समयपनी खेर नजाने गराउने नगरप्रमुखको भनाइ छ । जनताले महशुस गर्नेगरी काम गर्न आफु तत्पर रहेको उहाँको भनाइ छ । नगरपालीकामा रहेको बैधवनलाइ पकिनिक स्थल बनाउने र ककनी भन्दा अग्लो स्थानमा रहेकने चिम्टेश्वरलाइ पर्यटकिय स्थलको रुपमा अगाडी बढाउने खनालले आश्वासन दिनुभयो ।
खनालकै भनाइलाइ हामीले बुझ्दा सो कार्यको लागी प्रारम्धीक कार्यपनी अगाढी बढिसकेको हामिले पाएका छौँ । भुकम्प पिडितको बिषयमा कुरा गर्दा बास्तविक पिडितलाइ कुनैपनी हालतमा राहत दिलाउने उहाँको प्रतिबद्धता छ । तर बेलकोटगढी नगरपालिकाका भूकम्पपीडितले सरकारले निजी आवास निर्माणका लागि दिने अनुदानको अन्तिम किस्ता लिनका लागि घरको नक्शा अनिवार्य रुपमा पास गर्नुपर्ने उहाँको भनाइ छ । नगरपालिकाले पुनःनिर्माण प्राधिकरणमार्फत घर निर्माण गरिरहेका र नगरपालिकाभित्र आफूखुशी घर निर्माण गर्ने नगरवासीले अनिवार्य नक्शा पारित गर्नुपर्ने निर्णय गरी नक्शा पारितको दस्तुरसमेत तोकेको छ । खनालका अनुसार नक्शा निर्माणका लागि नगरपालिकामा सूचीकृत परामर्शदाताले रु दुई हजार ५०० भन्दा बढी रकम असुल गर्न नपाउनेसमेत निर्णय भएको छ । नगरपालिकाका सबै घरको नक्शा पारित गरेर मात्र घर निर्माण गर्ने प्रचलनको थालनी गर्न यस्तो व्यवस्था गरिएको नगरप्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो । नगरपालिकालेभूकम्पपीडित नगरवासीको घरको नक्शा बनाउनका लागि प्राविधिकको सूची नै माग गरेर कार्यालयमा सूचीकृत गरिराखेको छ । भूकम्पपीडितले सोही सूचीमा रहेको परामर्शदाता प्राविधिकमार्फत नक्शा बनाएर नगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको नगरपालिकाका मेयर खनालले बताउनुभयो ।
तस्बिर: खनालको फेसबुकबाट