सेयर
कंगो, २९ जेठ ।
प्रजातान्त्रिक गणतन्त्र कंगोको एक कारागारमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ ।
कंगोको उत्तरी क्षेत्रस्थित किबु प्रान्तको एक कारागारमा बन्दुकधारीको आक्रमणपछि ९ सयभन्दा बढी कैदीबन्दी भागेका छन् ।
कारागारमा आक्रमण गर्नेहरुले ठूला हतियार प्रयोग गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।
आक्रमणमा ज्यान गुमाउनेमध्ये ८ जना कारागारको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी हुन् । कसले आक्रमण र्गयो भन्ने खुल्न सकेको छैन ।
कंगोको राजधानी किनशासामा गत महिना पनि कारागारबाट झन्डै चार हजार कैदीबन्दी भागेका थिए ।
shere this