काठमाडौ, २२ असार ।
चट्याङको पूर्वसूचना अब मोबाइलमा पाइने भएको छ । अब चट्याङ पर्नु आधा घण्टाअघि चट्याङको पूर्वसूचना अब मोबाइलमा पाइने भएको हो ।
बर्सेनी डेढ सय भन्दा बढीले चट्याङकै कारण ज्यान गुमाउनु परेपछि मुलुकका नौ स्थानमा पाँच करोडको लगानीमा पूर्वसूचक उपकरण जडान गरिएको मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिनुभयो । महानिर्देशक शर्माका अनुसार विभागले काठमाडौं, पोखरा, तुम्लिङ्टार, विराटनगर, सिमरा, सुर्खेत, धनगढी, भैरहवा र नेपालगन्जमा पूर्वसूचक उपकरण जोडेको हो । उहाले उक्त उपकरण सञ्चालनमा ल्याउन प्राविधिक तालिम र जाँचको काम भइरहेको जानकारी गराउँदै चाँडै जनताले चट्याङको पूर्वसूचना पाउने विश्वास व्यक्त गर्नुभयो । चट्याङबाट बच्नका लागि देशव्यपी रूपमा उपकरण जडान गरिएको यो नै पहिलो भएको महानिर्देशक शर्माले बताउनुभयो । मुख्य–मुख्य नौ स्थानमा जडान गरिए पनि यी उपकरणले देशव्यापी रूपमा समेट्ने विभागको दाबी छ । बादललाई र्डोयाउने हावाको अवस्था ध्यानमा राखी सम्बन्धित क्षेत्रमा पूर्वसूचना दिइने जानकारी महानिर्देशक शर्माको भनाइ छ ।