सेयर
– भरत सिग्देल
तारुका, नुवाकोट
मौसम बदलियो, शीत हरायो
युद्ध लर्बरायो, जीत हरायो !!
प्रेमील यात्रा अपहरण भएछ
बीच बाटोमै प्रीत हरायो !!
गल्लाहरूले आस्था बेच्दा
स्वाभिमानको गणित हरायो !!
लौ खोज्देऊ नौजवान युवा
झण्डा रक्तरञ्जित हरायो !!
खोजेँ बत्ती बालेर दिउँसै
वर्गीय मायाको गीत हरायो !!
shere this








































